८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमै १० हजार मेगावाट बिजुली खपत

काठमाडौं- ऊर्जामन्त्री जनार्दन शर्माले १० हजार मेगावाट विद्युत नेपालमै खपत हुने बताएका छन्। बिजुली नभएको समयमा बिक्री गर्नु हाँस्यास्पद भएको भन्दै १० हजार मेगावाट नेपालमै खपत गर्न सकिने जानकारी पनि उनले दिए।

'१० हजार मेगावाट उत्पादन गरे आजै खपत हुन्छ,' उनले भने, 'बिक्रीका कुरा गरेर उत्पादनमा बन्देज लगाउने काम कसैले नगरौं।'

ऊर्जामन्त्री शर्माले विद्युत विकास विरोधी मानिएको 'टेक एन्ड पे' पिपिए नीति सोमबारदेखि खारेज हुने पनि बताए। नेपाल हाइड्रोपावर एसोसिएसनको १७ औं वार्षिक साधारणसभा तथा नेपाल हाइड्रोपावर डाटाबेस–२०१६ को विमोचन कार्यक्रममा सम्बोधन गर्दै 'टेक एन्ड पे' पिपिए नीति जलविद्युत विकास विरोधी भएको भन्दै उनले खारेज गर्ने जानकारी दिएका हुन्।

'केही वर्षपछि बिजुली बढी हुने भन्दै यस्तो पिपिए नीति ल्याइएको रहेछ,' उनले भने, 'बढी बिजुली हुन्छ भनेर ल्याइएको विकासविरोधी नीति अब खारेज हुन्छ।'

'टेक एन्ड पेले उत्पादन बन्द गरेको र यो नीति राष्ट्र हितमा छैन। यसलाई सच्याउनुपर्छ,' उनले भने, 'विदेशी लगानीलाई प्रोत्साहित गर्न ऋण तिर्ने अवधिसम्मका लागि अमेरिकी डलरमा पिपिए गर्ने छौं।'

प्रकाशित: २५ पुस २०७३ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App