विमानस्थल कोलाज

सोमबार, २५ पुष २०७३, ०९ : ५९ जैनेन्द्र जीवन


प्रथम प्रभाव(फस्ट इम्प्रेसन) नै प्रायः अन्तिम प्रभाव हुने हुँदा आफ्नो देशको प्रवेशद्वारका रूपमा रहेका विमानस्थललगायतका भूप्रवेश मार्गहरु सञ्चालनमा राज्यले विशेष ध्यान दिएको हुन्छ। संघीय राज्यप्रणाली अपनाएका देशले समेत यिनलाई प्रदेश सरकारअन्तर्गत नराखी केन्द्र सरकार, त्यो पनि विशेष अधिकार सम्पन्न प्राधिकरण जस्ता निकायअन्तर्गत राखेका हुन्छन्। तिनका सेवा/सुविधाका स्तरबाट देशको विकास, सभ्यता र समृद्धि मापन पनि गरिन्छ। अमेरिका, युरोप र जापानका मात्र होइनन्, पछि विकास गरेका सिंगापुर, हङकङ, थाइल्यान्ड, मलेसिया, अरब मुलुक, चीनका ठूला सहर र दिल्लीको विमानस्थलले समेत आजको आफ्नो देशको विकासको प्रतिबिम्ब प्रस्तुत गर्छन्। दिल्लीको अन्तर्राष्ट्रिय स्तरको नयाँ विमानस्थल भएर यात्रा गर्ने कुनै पर्यटकले पनि त्यस देशका कतिपय ठांउँमा अझै पनि पान खाएर सडकमा थुक्ने गरिन्छ भनेर कल्पना पनि गर्न सक्दैन। वास्तवमा विकास सुरु हुने, देखिने भनेकै यस्तै ठांउँबाट हो। तर हामीकहाँ देशको सबभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सम्झँदामात्र पनि त्यहाँबाट आगमन र प्रस्थान गर्नुपर्ने यात्रुको तनावको ग्राफ बढ्न थाल्छ।

के ठूल्ठूला तर कार्यान्वयन कहिल्यै नहुने नारा र योजनाको सपना बाँड्ने बानी परेका हाम्रा नीतिनिर्माता, अधिकारीहरुको यस्ता ससाना लाग्ने तर जनसरोकारका हिसाबले ठूला कुरामा सुधार गर्नेतर्फ कहिल्यै ध्यान जाला?

एउटामात्र धावनमार्ग रहेको, त्यसको विस्तार गर्ने वा समानान्तर धावन मार्ग थप्ने गुन्जायस नभएको अनि आन्तरिक, अन्तर्राष्ट्रिय दुवैतिरका उडानका अत्यधिक चापका कारण अति ब्यस्त रहने काठमाडौंको विमानस्थल निरन्तर बढिरहेको हवाई ट्राफिक थेग्नै नसकिने भइसकेको छ। अवतरण गर्नुपूर्व विमानहरु आकासमा लामो समय होल्ड हुनुपर्ने र उडान भर्नुपूर्व ट्याक्सी वेमै धेरैबेर कुर्नपर्ने कुरा सामान्य भइसकेका छन्। काठमाडौंको मौसममात्र खराब हँंुदा पनि अन्तर्राष्ट्रिय आगमन डाइभर्ट गराउन सकिने अर्को विमानस्थल देशमा छैन। धावनमार्गमा कुनै आपत् आइपर्‍यो (जुन पटकपटक आइपरिसकेको पनि छ, जस्तो कि केही समयअगाडि टर्किस एयरलाइन्सको विमान धावनमार्गमा धसिँदा केही दिन हवाई अड्डा नै बन्द गर्नुपरेको घटना) भने सिंगै देशको बाँकी विश्वसँग पूरै सम्बन्ध विच्छेद हुन्छ भने राजधानीको बाँकी देशसँग हवाई मार्गको सम्बन्ध विच्छेद हुन्छ। हाम्रो देशको सबभन्दा ठूलो निर्यात भनेकै गरिब नेपालीको सस्तो श्रम हो, जो यही विमानस्थल भएर गन्तव्यमा पुग्छ। त्यसैले यो विमानस्थल लाखौंलाख देशी/विदेशी यात्रुका आवश्यकताका अलावा देशकै सुरक्षा र अर्थतन्त्रको समेत जीवनदायी रक्तधमनी हो।

यस्तो विमानस्थलको सञ्चालनमा देखिने कमीबारे त चर्चा पनि हुन छाडिसके किनकि यहाँ यस्तै हो भनेर सबै मानिस सबैखाले बेथितिप्रति आँखा चिम्लने भइसके नेपाली जनता। अँ, विकल्पका सपनाचाहिँ खुब देखिन्छन्, देखाइन्छन्। निजगढ, पोखरा, लुम्बिनीमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको वषर्ौं भइसक्यो तर काम भने शून्य छ। अरु थुप्रै विकासका कुरा, जस्तै बिग्रेको राजनीति र भ्रष्ट शासनतन्त्रको प्रत्यक्ष मारमा यो विमानस्थलको विकल्पको कुरा पनि परेको छ। भोट र नोटको राजनीतिमा रमाउने राजनीतिज्ञ, आफ्नो स्वार्थबाहेक अरु कुनै कुरामा अग्रसरता नलिने कर्मचारीतन्त्र कसैलाई यो विषयलगायत विकासको कुनै चासो छैन। जीवन्त लोकतन्त्रहरुमा विकास र सुशासनका मुद्दामा नागरिक समाजले सरकारलाई घच्घच्याउँछ तर हामीकहाँ त जातीय 'पहिचान' का अजेन्डा बोकेर नारा/जुलुसमा नेतृत्व दिने काममात्र हाम्रो हो भन्ने मानसिकता आफूलाई नागरिक समाजका अगुवा भनाउनेहरुको छ। र, उनीहरु विकास र सुशासनका मुद्दालाई प्राथमिकता दिनुपर्छ भन्नेहरुलाई विकासवादी भनेर खिसिट्युरी, आलोचना गर्छन्।

यस्तो किन भइरहेको छ भने विमानस्थलको बेथिति र कुसञ्चालनले सत्तासीन र शक्तिशाली वर्गका मानिसलाई केही असर गर्दैन। उनीहरु त भिआइपी/भिभिआइपी कक्षको सेवा प्रयोग गरिहाल्छन्, जहाँ चेक–इन, सुरक्षा जाँच, अध्यागमन, भन्सार क्लियरेन्स, ब्यागेज क्लेम जस्ता सब प्रक्रिया सम्बन्धित कर्मचारी आफँैं आएर पूरा गरिदिन्छन्। वातानुकूलित कक्षमा बसेर चिया कफी वा कोल्ड ड्रिंकको चुस्कीका साथ एउटा फर्ममा सही गरिदिनेबाहेक अर्को कुनै कष्ट उनीहरुले उठाउन पर्दैन। आन्तरिक उडानतर्फ त जहाजको गेटैसम्म सरकारी वा सुविधाको गाडीमा गएर जहाजको भर्‍याङ चढ्ने हो, जुन जहाज उनीहरु जति ढिला आए पनि अरु यात्रुहरुका साथ उनीहलाई कुरेर बसिरहेको हुन्छ। विगत एकाध महिनाको अवधिमा आफैं यात्रा गर्ने र पाहुनालाई पटकपटक लिन/पुर्‍याउन विमानस्थल गइरहन पर्ने भएकाले आफँैं भोगेको, देखेकोसमेत अधारमा विमानस्थलका केही झाँकी तल प्रस्तुत गर्दैछु। सबै दुरावस्थाको वर्णन गर्न त यो सानो आलेखमा सम्भवै छैन।

धेरै लामो समयसम्म विमानस्थलमा नगुड्ने, अपांग र थोत्रा ट्रली मात्र भेटिन्थे। एकाध सद्धे ट्रली भेट्ने भाग्यमानी ठहर्थे। धन्य, उपेन्द्र महतोलगायत एनआरएनहरुको दयाले अहिले स्थिति सुधि्रएको छ, कतिन्जेललाई हो कुन्नि। तर निःशुल्क भनिएको ट्रलीसेवाको व्यवस्थापन भने कमजोरै देखियो। प्रस्थान टर्मिनलको नजिक ट्रलीहरु नभेटिने र खोज्न पर गाडी पार्किङस्थलतिर जानुपर्ने अवस्थाको फाइदा उठाउँंदै केही मान्छेको वृत्ति नै ट्रली होल्ड गरेर टर्मिनलमा आएर गाडीबाट सामान ओराल्न खोज्नेसँग केही रुपियाँ लिएर त्यो ट्रली दिने रहेछ। उता भित्र, युरोप अमेरिकामै बसेको जस्तो नेपाली देखे ट्रली पाउन गाह्रो छ भन्ने जस्तो पार्दै, आफैं ट्रली खोजेर ल्याइ सामान राख्न पनि सहयोग गर्दै बाहिरसम्म गुडाएर ल्याएपछि अन्त्यमा चाहिँ डलरमै टिप्स माग्ने विमानस्थलकै पासहोल्डर हुँदारहेछन्– मेरा छोराछोरीले भोगेका। भित्रदेखि आफैं ट्रली गुडांउंँदै बाहिर मोटर अथवा ट्याक्सीमा हाल्न लागेको बेलामा पछिपछि आएर यसो सुटकेस उचाल्न मद्दत गरेको जस्तो गर्ने, अनि 'चिया खर्च' माग्ने, दिएन वा थोरै दियो भने भुतभुतांउँदै, सम्भवतः गाली गर्दै हिँड्ने पनि एकथरिको वृत्ति हुँदोरहेछ।

विदेशी पर्यटक अथवा राजधानीबाहिरका नेपालीलाई नै पनि आफूले बढी कमिसन पाउने होटलमा लैजान, अरुतवरबाट ठग्न वा बढी भाडा असुल्न यात्रु तानातान गर्ने ट्याक्सी र दलालहरुको बिगबिगीमा केही कमी आए पनि खासै सुधार भएको देखिएन। प्रिपेड ट्याक्सी सेवाको चलन र प्रभावकारिता धेरै नै कम देखियो। प्रभावकारिता बढाउन कसैको चासो, अग्रसरता देखिँदा पनि देखिएन। हत्पति जो कोहीले प्रवेशै नपाउने विमानस्थलको हाताभित्र भगवानको प्रसाद भन्दै थालीमा फूल, टीका बोकेर यात्रुको 'साइत' मनोविज्ञानको फाइदा लिंँदै आफ्नो वृृत्ति चलाउने पण्डित सधँै भेटिन्थे एकताका। अचेल त्यसको स्थान आफ्ना गीत, कविताका किताब बेच्दै हिँड्नेले लिएको देखियो। अध्यागमन पार गरेपछि एउटा एक्सरे मेसिनमा कैयौं बेरसम्म पालो कुरेर आफूसँग रहेको ह्यान्डब्याग त्यस एक्सरे मेसिनबाट र आफूसमेत सुरक्षा जाँचबाट पुनः पार हुनुपर्ने प्रबन्ध संसारमै पहिलो पल्ट मैले हाम्रो विमानस्थलमा ९–१० महिनापूर्व पहिलो पटक भोगेको थिंएंँ। मनमन चित्त नबुझे पनि बाहिर केही नभनी मैले त्यतिबेला त्यहाँ ड्युटीमा बसेका अफिसरसंँग यसको प्रयोजन के भनी सोधेको थिंएंँ जसको उत्तर उनीसँग थिएन।

त्यस जांँचलाई भन्सार जाँच भनिएको थिएन, सुरक्षा जाँच नै भनिएको थियो। सुरक्षा जाँच भनेको जहाज अपचलन नहोस् भनेर प्रस्थान गर्ने जहाजका यात्रु, तिनका सामानलगायतका सम्बन्धमा गरिने पूर्वसावधानीको उपक्रम हो। त्यसैले संसारको कुनै पनि विमानस्थलमा एक्सरे मेसिन र मेटल डिटेक्टर लगाएर आगमनपछिको अवस्थाका सबै यात्रु र तिनका 'ह्यान्ड क्यारिड' सामानको सुरक्षा जाँच गरिंँदैन। हो शंका लागेका व्यक्तिको हकमा अथवा 'र्‍यान्डम स्याम्प्लिङ' का आधारमा छनोटमा परेका कुनै उडानविशेषबाट आएका समूहविशेषको हकमा एक्सरे वा सुँघ्ने कुकुर लगाएर, शरीर वा सामान जे/जेको तलासी गर्नुपर्छ गरेर विशेष जाँच गरिने कुरा बेग्लै हो। जहाँसम्म यात्रुको सुरक्षा जाँचकै कुरा छ त्यो यात्रु त प्रस्थान विन्दुमै कडा सुरक्षा जाँचबाट गुज्रेर हवाईजहाजमा चढेको हुन्छ, बीचमा सुरक्षा खतरा हुने कुनै काम गर्न वा सामान थप्न उसका लागि असम्भव हुन्छ। नाम सुरक्षा जाँचको दिइए पनि सुनलगायतका तस्करीलाई नियन्त्रण गर्न यस्तो जाँचको प्रबन्ध गरिएको हो भने सुन एक त ह्यान्डब्यागमा मात्र आंउँंदैन, चेक–इन ब्यागेजमै विभिन्न किसिमबाट लुकाएर ल्याउने गरिएको अनुभव र रेकर्ड छ। त्यसमाथि विभिन्न निकायका विमानस्थलका कर्मचारी र अझ त्योभन्दा माथिल्लो तहसम्म सेटिङ मिलाएर संगठित गिरोहले तस्करी गर्ने ठाउँमा सर्वसाधारण यात्रुलाई चाहिँ एक्सरे र मेटल डिटेक्टर लगाएर जाँच गर्नुको के अर्थ? अघिल्लो सातामात्र ३३ किलो अवैध उक्त सुन एक्सरे मेसिनको जाँचबाट सुरक्षित पार गरेर बाहिर आइसकेपछिको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा समातिनुले विमानस्थलमा हुने असुरक्षा, भ्रष्टाचार र तस्करीको भेउ दिएकै छ। अनि, हरेक आउने यात्रुले यसरी एक्सरे जाँच गराउनैपर्ने भए भन्सार प्रयोजनका लागि रेड च्यानल र ग्रिन च्यानलको छुट्टाछुट्टै प्रबन्ध गर्नुपर्नाको कारण के?

अन्तर्राष्ट्रिय उडानतर्फ कन्भेयर बेल्ट बिग्रँदा यात्रुहरु हाहाकारमा परेको बेथिति महिनौँं महिनासम्म कायम थियो। ८–९ महिनापूर्व ३–४ वटा जहाज करिब एकै समय अवतरण गरेको समय पर्नाले आफ्नो सामान बेल्टमा आइपुग्नै रातिको समयमा २ घन्टा कुर्नुपरेको हुंँदा डराएको म यसपाला करिब १ घन्टाभित्रै बाहिर निस्कन पांउंँदा दंग परेंँ ं। अचेल सामान चोरीका घटना पनि कम हुंँदारहेछन्, सम्भवतः सम्बन्धित एयरलाइन्सको सतर्कता र पहलमा। नत्र कुनै समयमा यो पनि ठूलो समस्या थियो। एयरपोर्ट पासको अत्यधिक दुरुपयोगमा कमी आएको महसुस भयो, त्यो पनि सम्भवतः सुरक्षाबारे एयरलाइन्सहरुले गुनासो गरेकाले। हामी नेपाली सोर्सफोर्स लाइलाइ पास लिएर भए पनि जहाजको ढोकैसम्म आफन्त लिन/पुर्‍याउनुपर्ने जाति! यस्ता जातिको देशमा एक तलामाथि प्रतीक्षालयमा बसिरहेका आफन्तलाई जहाजमा नबसेसम्म अलि परबाट देख्न, हात हल्लाएर स्वागत/बिदाइ गर्न पाइनेगरी ग्यालरी बनाइदिए त देशअनुसारको भेष पनि हुन्थ्यो, त्यसको शुल्कबाट विमानस्थललाई आम्दानी पनि हुन्थ्यो। विश्वका धेरै विमानस्थलमा त्यस्तो प्रबन्ध छ। तर हाम्रा नेता र कर्मचारीका दिमागमा जनतालाई सुविधा दिने यस्ता कल्पनाशील योजना फुर्दैनन्।

जहाज होल्ड भएर, विभिन्न कारणले ढिला भएर, यात्रु लिन जानेलाई प्रायः घन्टौं प्रतीक्षालयमा कुर्नुपर्छ। त्यस दौरान शौचालय जान पर्‍यो भने बाहिर पर पुग्नपर्छ जहाँ बनिबनाउ बाटोबाट हिँडेर जान प्रहरीले दिंँदैन, किन हो कुन्नि। कछुवा गतिमा गरिने निर्माण कार्यका क्रममा बेरेको जस्तापाताको बीचबाट च्यापिँंदै, पाताको धारबाट लुगा च्यात्तिनबाट बल्लतल्ल जोगांउँंदै जानुपर्ने हुन्छ। प्राधिकरणका, एयरलाइन्सका कर्मचारी भिक्टोरिया क्रस नै झुण्ड्याएको जस्तो गरी छातीमा पास झुण्ड्याउँंदै जनताजनार्दनको भीडतर्फ कुनै युद्धको विजेताले हेरेको जसरी हेर्दै यताबाट उता, उताबाट यता हिँडिरहेका भेटिन्छन् तर सहयोगी भावना कसैमा देखिँंदैन। केही कुरा सोध्यो भने नबोली हिंँड्छन्। गाडी पार्किङमा, अन्तर्राष्ट्रियतर्फ त पार्किङ क्षेत्र अपर्याप्त भएकोबाहेक खासै ठगीको समस्या देखिएन। तर आन्तरिकतर्फ भने एक घन्टा पनि नभएकामा दुई घन्टा भयो भन्दै २० को काट्दै ४० रुपियाँ लिन खोज्ने गरेको पाइयो। धेरैले केही नभनी २० रुपियाँ दिने रहेछन् तर प्रतिवाद गरेमा रिसाएकै मुद्रामा भए पनि खुरुक्क २० रुपियाँ लिएर छाड्ने गरेको आफैंँ भोगियो। के ठूल्ठूला तर कार्यान्वयन कहिल्यै नहुने नारा र योजनाको सपना बाँड्ने बानी परेका हाम्रा नीतिनिर्माता, अधिकारीहरुको यस्ता ससाना लाग्ने तर जनसरोकारका हिसाबले ठूला कुरामा सुधार गर्नेतर्फ कहिल्यै ध्यान जाला?









यसमा तपाईको मत

अन्य समाचार

कवितामा शिल्पको अन्यौल

शिल्पले काव्यलाई सुन्दर बुझाउँछ । कविताको सुर, तालसँगै यसले बोक्ने विचार, भाव, बिम्ब, प्रतीक, स्थानीयता आदिले कवितामा शिल्प भर्दछ ।...

किन ल्याङ ल्याङ मैंया ?

किन ल्याङ ल्याङ मैंया ?

युटुबमा एउटा गीत अहिले हिट छ । गीतको बोल छ, ‘अनि किन ल्याङ ल्याङ गर्दैछौ मैया ?’ । ...

‘सायद २’ को प्रोफाइल बनाउनेले पोखरा घुम्न पाउने

‘सायद २’ को प्रोफाइल बनाउनेले पोखरा घुम्न पाउने

पछिल्लो समय नेपाली चलचित्र प्रचारको शैलीमा फरकपन देखिँदै आएको छ । यसैक्रममा दुर्गिस फिल्मस्ले पनि यस्तै नयाँ शैली अपनाएको छ...

क्यान्सरले सिकायो योग : मनिषा कोइराला

क्यान्सरले सिकायो योग : मनिषा कोइराला

बलिउड अभिनेत्री मनीषा कोइरालाको जीवन स्वस्थ रहिरहेको भए सायदै उनी योग अभ्यासमा सक्रिय हुन्थिइन्। सन् २०१२ मा उनलाई पाठेघरको क्यान्सर...