coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

टेलिकमले ल्याउँदै छ, ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचो’ सेवा

काठमाडौं– नेपाल टेलिकमले जिएसएम मोबाइलका प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी लिन मिल्ने 'पैंचाे' सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। ब्यालेन्स सकिएर अपर्झट पर्दा उपभोक्ताले निश्चित रकम सापटी वा पैंचाे लिन सक्ने गरी उक्त योजना ल्याउन लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

‘यसका लागि आवश्यक प्राविधिक तयारीका लागि हाल टेलिकम टेण्डर आह्वान गर्ने प्रक्रियामा पुगेको छ,’ उनले भनिन्, ‘सापटी योजना सेवा सञ्चालनमा ल्याउने भनिए पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने बारे यकिन भइसकेको छैन।’

करिब डेढ महिनाभित्र सापटी सेवा सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ।

दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेलले यसअघि नै यस्तो सापटी सेवा सञ्चालनमा ल्याइसकेको छ। एनसेलको सापटी सेवामा उपभोक्ताको ठूलो सहभागिता रहेको थियो। एनसेलले २० रुपैयाँसम्म सापटी लिन सक्ने गरी सेवा सञ्चालनमा ल्याएको थियो।

टेलिकमले सञ्चालनमा ल्याउने सापटी सेवाअन्तर्गत कति रकम सापटी लिन सकिन्छ भन्ने बारे यकिन भइसकेको छैन। यद्यपी, टेलिकमले ल्याएने सापटी सेवाबाट लाखौं उपभोक्ता खास गरी युवाहरु आकर्षित हुने अनुमान टेलिकमको छ।

प्रकाशित: २५ पुस २०७३ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App