८ वैशाख २०८१ शनिबार
प्रवास

जापानमा एक नेपालीद्वारा आत्महत्या

टोकियो- जापानको टोकियोमा सोमबार एक नेपालीले आत्महत्या गरेका छन्। अध्ययनका लागि २ वर्ष अघि जापान एक नेपाली युवाले सोमवार साँझ  झुण्डिएर आत्महत्या गरेका हुन्।

काठमाडौं पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल बस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुरयाए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको झुण्डिएकै कारण मृत्यु भएको पुष्टि गरेको छ।

दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

 

प्रकाशित: २५ पुस २०७३ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App