कसले चोर्‍यो किम कार्दासियानका गहना ?

सोमबार, २५ पुष २०७३, १९ : ११ नागरिक

पेरिस-  गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।

फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्यपर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका थिए ।

त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे ता पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन् ।

फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ । यद्यपि, लुटिएका गर गहना तथा जुहारत बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन ।

आतङ्कवादीहरूले तीन/तीन पटक ठूलठूला आक्रमण गर्दा धेरै जनधनको क्षतिको चपेटामा परिसकेको फ्रान्सको राजधानी पेरिसमा किम कार्दासियानको गरगहना डकैतीकाण्डले राष्ट्रिय सुरक्षामा फेरी एक पटक गम्भीर प्रश्नचिह्न खडा गरेको थियो। रासस/एपी

 










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महोत्सवमा दर्शक तताउँदै कलाकार

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा...

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड...

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा...

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको...