८ वैशाख २०८१ शनिबार
प्रविधि

जब आइफोनको पहिलो मोडल हरायो...

स्टिव जब्सले भनेका थिए, 'यो कुरा एकदम गोप्य हुनु पर्छ र जसले बाहिर लैजान्छ उसले जागिरबाट हात धुनु पर्ने छ।' यो आइफोनको मोडल विकास गर्ने दिन ताकाको कुरा थियो। तर टोनी फेडेलका साथबाट आइफोनको प्रोटोटाइप हराएको थियो। यो दश बर्ष अघिको घटना हो। र यो आइफोनको पहिलो मोडल लन्च गर्ने समयको घटना थियो।

टोनी फेडेल हवाइ यात्रमा रहेका बेला आइफोनको पहिलो मोडल हराएको थियो। जब उनी विमानबाट ओर्लीएर पकेटमा हात हाले उनको होस गुम्यो, बीबीसीमा भनिएको छ, ' टोनी फेडेलको पकेटमा फोनको प्रोटोटाइप थिएन।'

उनले सोचिरहेका थिए अब स्टिवलाई के जवाफ दिने?

टोनी फेडेललाई आइप्याडको गडफादर मान्ने गरिन्छ। उनले नै यसलाई विशिष्टकृत गरेका थिए। टोनीको पकेटबाट फोनको पहिलो मोडल जहाजमानै खसेको थियो। पछि त्यो जहाजका दुई सिटकोबीचमा भेटियो जहाँ उनी बसेका थिए।

आइफोन बनाउने समयमा फोनमा किबोर्ड राख्ने कि नराख्ने भन्नेबारेमा समेत विवाद भएको टोनी फेडेलले बताएका छन्। स्टिवले आइफोन टचस्क्रीन बनाउन चाहन्थे तर बाँकी टिम यसको विरुद्धमा थियो। तर एक दिन स्टिवले भने, 'जो टचस्क्रिनसँग सहमत छैन उनीहरुले जागिर छोड।' आइफोनको मोडल कस्तो बनाउने भन्नेबारे पनि सुरुमा विवाद भएको टोनी फेडेलले बताएका छन्।

अब स्टिवले ९ जनवरी २००७ मा आइफोन सार्वजनिक गरे त्यो बेला उनलाई मानिसहरुले हाँसोमा उडाएका थिए। त्यो बेला केही मानिसले यसलाई 'एसुको फोन' सम्म भने। त्यो दिन देखि जनवरी २०१७ सम्म एक अरब आइफोनको बिक्री भैसकेको छ।  

 

प्रकाशित: २६ पुस २०७३ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App