८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

साना (यमन)-मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ । 

साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक प्रारम्भिक विद्यालयमा आक्रमण भएको र पढ्न विद्यालयमा पुगेका आठ जना विद्यार्थीको निधन भएको स्थानीय वासिन्दा तथा उद्धारकर्मीले जनाएका छन् । 

घटनामा १५ जना विद्यार्थी गम्भीररुपमा घाइते भएका बताइएको छ । आक्रमणस्थल राजधानी सानाबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको नेहम जिल्लामा पर्छ । 

आक्रमणबाट भत्केको विद्यालय भवनको भग्नावशेषभित्र कैयौँ विद्यार्थी पुरिएको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएका उद्धारकर्मीले जनाएका छन् । रासस-सिन्ह्वा 

प्रकाशित: २६ पुस २०७३ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App