coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिकागोमा अोवामाको अन्तिम मन्तव्य

वासिङ्टन (अमेरिका)-अमेरिकी राष्ट्रपति वाराक अोवामाले आफ्नो पदिय हैसियतमा गर्ने नियमित कामलाई मङ्गलबारदेखि बन्द गर्ने भएका छन् ।

उनले आठ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आफू हुर्केको सिकागो शहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गरे जस्तै शैलीमा आफ्नो कार्यकालबाट विदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरुपमा घोषणा गर्ने भएका छन् । 

राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा गएर डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मुलका अमेरिकी सहित सम्पूर्ण समर्थक एवम् प्रशंसकलाई सम्बोधन गर्दै उनीहरुको मनोवल उच्च पार्ने बताइएको छ । 

राष्ट्रपति ओवामासँगै सिकागो शहरमा उनकी पत्नी मिसेल ओवामा, उपराष्ट्रपति जो विडेन र विडेनकी पत्नी जील विडेन लगायत साथ रहनेछन् । रासस-एएफपी

प्रकाशित: २६ पुस २०७३ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App