coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायु परिवर्तनको असर भयावहः राष्ट्रपति

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र त्यसबाट उत्पन्न समस्याका चाङलाई ‘भयावह भविष्य’ को रुपमा व्याख्या गरेकी छिन् ।

‘जैविक विविधता, जलवायु परिवर्तन तथा जीविकोपार्जनमा असर’ नामक  अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गतको अन्तरसरकारी निकाय प्रतिवेदन उद्धृत गर्दै यस्तो व्याख्या गरेकी हुन् ।  तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार राजधानीमा सुरु भएको छ ।

विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हामी यसको असरबाट प्रभावित भइरहेका छौं

‘औसत तापक्रम विश्वव्यापी रुपमा क्रमशः वृद्घि भइरहेको छ । सहस्राब्दी पर्यावरण मूल्यांकनले अझ निराशाजनक चित्रण गरेको छ र शताब्दीको अन्त्यसम्म जैविक विविधतामा ह्रास ल्याउने प्रमुख कारक तत्वमध्ये जलवायु परिवर्तनलाई औंल्याएको छ’, भण्डारीले भनिन् ।

उनले जलवायु परिवर्तनबाट उत्पन्न असरलाई भयावह भविष्यको रुपमा व्याख्या गर्दै थपिन्, ‘विविधतामा आएको ह्रासले संवेदनशील पर्यावरण प्रणालीमा गम्भीर असर पार्ने त छँदैछ,  यसबाट मानव समुदायमा विभिन्न प्रकारका सरुवा रोगको प्रकोप बढ्ने सम्भावना पनि छ । यसले जैविक विविधता तथा जीविकोपार्जनमा गम्भीर चुनौती खडा गरेको छ ।’
उनले विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हिउ“ पग्लने र हिमताल विष्फोटबाट हुनसक्ने बाढीको खतरा, वनविनास, भूक्षय र मरुभूमीकरण, अमूल्य जैविक सम्पदाको ह्रास, खडेरी, पहिरोलगायत समस्याबाट प्रभावित भइरहेको बताइन् ।

‘पानीको स्रोतमा कमी, वासस्थान र माटोको उत्पादकत्वमा प्रभाव र बसाइँसराइ जस्ता समस्याबाट पनि हामी ग्रसित भइरहेका छौं’, भण्डारीले भनिन् । उनले उत्पन्न चुनौती घटाउने मुद्दालाई नेपालले प्राथमिकता दिएको पनि बताइन् । ‘नेपाल जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका नकारात्मक प्रभाव घटाउन सक्रिय भूमिका निर्वाह गर्न चाहन्छ र सन् १९९५ देखि हालसम्म सबै (२२) वटै सम्मेलनमा सहभागी हँुदै आएको छ’, उनले भनिन् ।

उनले नेपाललाई विश्व विविधताको सूक्ष्मरुपमा व्याख्या गरिन् । भनिन, ‘अपूर्व वनस्पति र प्राणीको वासस्थान तथा उत्तरतर्पm विश्वकै सर्वोच्च हिमालय शृंखलादेखि दक्षिणतर्पm तराईका मैदानी इलाकासम्म पैmलिएका हिमाली, पहाडी, उपत्यका र समथल भूमिको सम्मिश्रणबाट बनेको हाम्रो देश यथार्थमा विविधताको सूक्ष्मरुप हो ।’ उनले नेपालका लागि यो सम्मेलन अझ बढी महŒवपूर्ण रहेको र यस क्षेत्रका विज्ञले यसबाट आफ्नो अमूल्य ज्ञान र अनुभव उजागर गर्ने विश्वास व्यक्त गरिन् । नेपाल जैविक विविधतासम्बन्धी महासन्धि र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि दुवैको पक्ष राष्ट्र हो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष प्राध्यापक प्रमोदकुमार झाले जैविक विविधता, जलवायु परिवर्तन र जीविकोपार्जनबीच अन्तरसम्बन्ध रहेको उल्लेख गरे । ‘जलवायु परिवर्तन आजका दिनमा वातावरणीय, सामाजिक र आर्थिक मुद्दाका रुपमा पहिचान भएको छ । यसले सबै क्षेत्रलाई प्रभाव पारिरहेको छ । त्यसैले हामीले यी तीनवटा विषयलाई छनोट गरेका हौं’, उनले भने ।

कार्यक्रममा जैविक विविधता, जलवायु परिवर्तन र जीविकोपार्जनस“ग सम्बन्धित ३ सय ३० वटा कार्यपत्र प्रस्तुत गरनेछ । ती कार्यपत्र लेखनमा झन्डै ६ सय अनुसन्धानकर्ता सहभागी छन् । जसमा नेपालस“ग सम्बन्धित सबैभन्दा धेरै छन् ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा २५ वटा मुलुकबाट करिब सयजना वैज्ञानिक, प्राज्ञ, विज्ञ र प्राध्यापक सहभागी छन् । नेपालबाट दुई सय पचास प्रतिनिधि सहभागी छन् । सम्मेलन नेपालका वातावरण, वन, कृषिलगायत चार मन्त्रालय, वातावरणका क्षेत्रमा क्रियाशील संघसंस्था, अमेरिकास्थित विश्वविद्यालयले आयोजना गरेका हुन् ।

प्रकाशित: २७ पुस २०७३ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App