७ वैशाख २०८१ शुक्रबार
समाज

इन्डोनेसियामा नौ नेपाली पक्राउ

काठमाडौं–  इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

इन्डोनेसियाको अनलाइन समाचार पोर्टल जकार्ता पोस्ट डट कमका अनुसार पक्राउ परेका ९ जना नेपाली कसैसँग पनि इन्डोनेसियाको भिसा थिएन । मानव तस्करले उनीहरूलाई त्यहाँ पु¥याएको आशंका अध्यायगमनको छ ।

पक्राउ परेका ९ नेपालीमा विश्वराम खड्का (२७), रवी पुन (२७), जगन्नाथ पाण्डे (२७), सञ्जीव आर.टी (२७), अनिश लामा (२०), राजेन्द्र लिम्बु (२९), कैलाश तामाङ (२९), विष्णुबहादुर पुन (३१) र प्रकाश लामा (३५) छन् । उनीहरू एक साताअघि इन्डोनेसिया पुगेको जनाइएको छ।

प्रकाशित: २७ पुस २०७३ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App