तस्करबाट जोगिएको गैँडा किसानको फन्दामा

बुधबार, २७ पुष २०७३, ०९ : १४ रमेशकुमार पौडेल

चितवन– चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा तस्करको निसानामा नपरेको धेरै नै भयो । निकुञ्ज क्षेत्र आसपास गाउँमा खेती जोगाउन स्थानीय किसानले थापेको फन्दामा परेर भने गैँडा मर्ने क्रम रोकिन सकेको छैन । करेन्ट लागेर वा विषाक्त खाद्यपदार्थ खाएर अघिल्लो वर्ष चितवन निकुञ्जमा तीन गैँडा मरे । यो वर्ष करेन्ट लागेका कारण दुई गैँडा मरी सकेका छन् ।

०७१ वैशाख २० यता तस्करको गोलीले गैँडा नमरेको चितवन निकुञ्ज कार्यालयको दाबी रहँदै आएको छ । दुई वर्ष लगातार शून्य चोरी सिकार वर्ष बनाएको निकुञ्ज कार्यालयले आउँदो माघमा शून्य चोरी सिकारका एक हजार दिन मनाउने तयारी गरेको छ । यही तयारीबीच नवलपरासी गैँडाकोटमा पुस १८ गते एउटा गैँडा मृत फेला प¥यो ।

नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करले यो दुर्लभ जनावर गैँडाको सिकार गर्छन् । तर गैँडाकोटमा मृत फेला परेको गैँडाको खाग झिकिएको थिएन । त्यसैले तस्करले नमारेको प्रस्ट थियो । जेहोस्, गैँडाको ज्यान गयो ।
स्थानीयले गैँडा रोक्न बिजुलीको करेन्ट मकैबारीमा छाडेका थिए । सोही तार चपाउँदा गैँडा म¥यो । पोस्टमार्टम रिपोर्टले गैँडाको मृत्यु करेन्ट लागेर भएको भन्ने पुष्टि गरेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । यो वर्षको यो दोस्रो घटना हो । यसअघि चितवन मेघौलीमा करेन्टले गैँडाको ज्यान लिएको थियो ।

प्रख्यात व्यावसायिक घराना चौधरी समूहको समेत लगानी रहेको मेघौलीको पर्यटकीय रिसोर्टले लापरबाही गरेर बिजुलीको तार खुला चौरमा छाड्दा गएको साउन २५ मा एउटा गैँडा मरेको थियो । एकसिङे गैँडा विश्वमा लोप हुन लागेको दुर्लभ वन्यजन्तु हो । भारत र नेपालका सीमित वनमा पाइने यो गैँडा विश्वमा तीन हजारभन्दा पनि कम छन् ।

नेपालमा एकसिङे गैँडाको संख्या ६ सय ४५ रहेको छ । जसमध्ये सबैभन्दा धेरै एकसिङे गैँडा चितवन राष्ट्रिय निकुञ्ज र यसआसपास वनमा छन् । चितवनमा मात्रै ६ सय पाँच गैँडा रहेको ०७२ को गणनाले देखाएको थियो । कुनै बेला चितवनमा तस्करले वर्षमा ३८ वटासम्म गैँडा मारेका थिए । चोरी सिकार रोकिए पनि फन्दामा परेर गैँडा मर्ने क्रम भने जारी नै छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार ०७२÷७३ मा बाली जोगाउने उद्देश्यले स्थानीयले थापेको फन्दामा परेर तीन गैँडाको ज्यान गयो । सो आर्थिक वर्ष विभिन्न खालका २५ वन्यजन्तुको निधन भएको थियो । जसमा एकसिङे गैँडाको संख्या १४ थियो । यीमध्ये तीन गैँडाले करेन्ट र विषादियुक्त खानाका कारण ज्यान गुमाए ।

गत वर्ष असोज २५ मा कुमरोज मध्यवर्ती सामुदायिक वननजिक एउटा गैँडा करेन्ट लागेर मरेको अवस्थामा फेला प¥यो । त्यसपछि माघ ५ गते नवलपरासीको केयाउल क्षेत्रमा नारायणी नदी किनारमा विष हालेको अन्नबाली खाएर मरेको अवस्थामा एउटा पोथी गैँडा फेला परेको थियो । त्यसपछि फागुन १४ मा नवलपरासी गुन्द्रेमा करेन्ट लागेर घाइते भएको अवस्थामा गैँडा भेटियो । उपचार गरेर बचाउन सकिएन । धान, मकै, मसुरो र गहुँ जोगाउन गैँडाको प्राण गइरहेको छ । केराखेती जोगाउन पनि गैँडाको बली चढ्ने गरेको छ । ०७० कात्तिक १६ मा चितवन पदमपुरमा केराखेती जोगाउन छाडेको बिजुलीको झट्काले गर्भवती गैँडा मरेको थियो । योपटक गैँडाकोटमा मरेको गैँडा पनि गर्भवती थियो ।
‘बालीनाली जोगाउने उद्देश्यले थापेका विद्युतीय धरापले गैँडा मर्ने क्रम रोकिएन,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । बालीनाली वन्यजन्तुले खाए राहत पाइन्छ भन्ने जानकारी सबै ठाउँमा पु¥याउन नसक्दा जसरी पनि बाली जोगाउने प्रवृत्ति बढेको र यसले गैँडाको ज्यानै खतरामा परेको उनले बताए ।

‘वन्यजन्तुले बाली खाए बढीमा १० हजार रुपैयाँसम्म राहत किसानलाई दिने गरिएको छ । निकुञ्ज आसपास त यो जानकारी छ । अन्यत्र नहुँदा समस्या भएको छ,’ उनले भने, ‘गैँडा वा वन्यजन्तुले १० हजारभन्दा बढीको बाली पक्कै खाँदैन तर क्षति ठूलो भयो ।’ कँडेलले यसो भने पनि निकुञ्ज आसपास नै स्थानीयको धरापमा परेर गैँडा मर्ने क्रम रोएिको छैन ।
०६७ जेठ २१ मा कुमरोजनजिकै कठारमा पनि बाली जोगाउने उपायले गैँडा मरेको थियो । कुनै बेला करेन्ट र विषादि दिएर वर्षमै दुई गैँडा मरेको मंगलपुर क्षेत्रमा भने यस्तो दुःखद दुर्घटना दोहोरिन नपाएको धेरै भएको छ ।

०६७ भदौ २ गते चितवन मंगलपुरको ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहको कार्यालयनजिकै धान खेतमा पनि करेन्ट लागेर गैँडा मरेको थियो । त्यसअघि जेठ १३ गते ज्ञानेश्वरसँगैको सेतीदेवी सामुदायिक वनमा पनि बाली जोगाउन विष दिएर गैँडा मारेको निकुञ्जका अधिकारीको आशंका छ ।

‘हामीले निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवबाट स्थानीयलाई भेला गराएर गैँडाको महŒवबारे तीन–चारपटक बुझायौँ,’ मंगलपुरका स्थानीय तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेलले भने । गैँडा संरक्षण महŒव थाहा पाउने हो भने स्थानीयले वन्यजन्तु जोगाउने उनले बताए ।

संरक्षणमा जागरुक बनाउन चितवन निकुञ्जमा मध्यवर्ती क्षेत्र कार्यक्रम लागू भएको छ । वर्षको १२ करोड रुपैयाँसम्म मध्यवर्तीमा बजेट जाने गरेको छ ।

बाली नोक्सान भएमा पाउने बढीमा १० हजार रुपैयाँ रकम निकै कम भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल बताउँछन् ।

‘वन्यजन्तु आएर बालीनाली खाइदिँदा निकुञ्जले दिने क्षतिपूर्ति साह्रै कम छ । लिने प्रक्रिया झन्झटिलो पनि छ । त्यसैले स्थानीयले आफ्नै तरिकाले जोगाउन खोज्छन्,’ मल्लले भने ।
यो रकम पनि दिन छाडेको धेरै नै भएको उनले बताए ।

बस्ती र खेती लगाएको ठाउँमा तारबार गरे वन्यजन्तु आउन कम हुन्छ । त्यो काम खर्चिलो भएका कारण धेरै उपभोक्ता समितिले यसो गरेको पाइँदैन । बाली जोगाउन थापेको धरापमा परे पनि गैँडा मरेमा सजाय नहुने होइन ।
गैँडा मरेमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । बाली जोगाउन गैँडा मर्दा स्थानीयले यो नियमअनुसारको मुद्दा मामिलाको प्रक्रियामा गएर सजाय पाउने गरेका छन् । स्थानीय बाली नोक्सान हुने, दुर्लभ वन्यजन्तु पनि मर्ने र स्थानीयले पनि दुःख पाउने कारण यो एउटा विकराल समस्या भएको मल्लले बताए ।

‘काम त बाली जोगाउनलाई गरेको हो । दुर्घटना भएमा हुने क्षति र स्थानीयले बेहोर्ने हैरानी निकै ठूलो छ । यो एउटा गम्भीर समस्याको रुपमा देखिएको छ । यसलाई कसरी रोक्ने हो संरक्षणमा सक्रिय सबैले बेलैमा चासो दिनुपर्ने अवस्था आएको छ,’ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अपिल छ ।

 









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ। ...

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको...

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे...

जीवन शैली बदल्ने किताब

जीवन शैली बदल्ने किताब

बागमती सफाइ महाअभियानका अभियन्ता एवं लाइफ कोच डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ नामक किताब राजधानीमा विमोचन गरिएको छ ।