१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिर्गौलापीडितको याचना

दुबै मृगौला फेल भएका टंकराज राई (विचमा)लाई सहयोग प्रदान गर्दै शुभेच्छुक । तस्बिरः दमन रार्इ

खोटाङ–  दुवै मिर्गौला फेल भएका दिक्तेल नगरपालिका– ८ बाम्राङका टंकराज राईले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि खर्च नहुँदा ४४ वर्षीय राईले शभेच्छुकसँग सहयोगको याचना गरेका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि २० देखि २५ लाख खर्च लाग्ने भएकाले शुभेच्छुकसँग सहयोग माग्नुपर्ने अवस्था आएको मिर्गौला रोगका बिरामी राईले भावविह्वल मुद्रामा बताए । सुरुमा घाँटी दुख्ने, जिउ कालो हुने, पेट सुन्निने लगायतका समस्या देखिएपछि उपचारमा गएका राईको मृगौला फेल भएको थाहा भएपछि बिगत पाँच महिना यता औषधि सेवन गरिरहेका छन् । हाल औषधिकोभरमा बाँचिरहेका राईको हप्तामा दुई पटक डायलासिस भइरकेको छ । उनका श्रीमती र एक छोरी छन् । शुभेच्छुकको सहयोगमा एउटा मृगौला प्रत्यारोपण गरेर भएपनि बाँच्ने राईको आशा छ । मृगौला प्रत्यारोपणकालागि मृगौला दिन ईच्छुक आफन्त तथा दाताको खोजी भइरहेको राई परिवारले जनाएको छ ।

गत साउन २१ गते गोल्डेन अस्पताल बिराटनगरमा गरिएको स्वास्थ्य परिक्षणपछि डा. रमेश कुमार चौरासियाले राईको दुबै मृगौला फेल भएको पुष्टि गरेका हुन् । दुबै मृगौला फेल भएको थाहा भएयता दैनिक औषधी तथा सामान्य जाँचकाक्रममा हालसम्म ५ लाख लाख सकिएको राई परिवारले जनाएको छ । हालसम्मकै उपचारकाक्रममा परिवार ऋणमा भासिसकेका छन् । ‘मेरो जीवन मरण तपाईहरुको हातमा छ,’ मृगौला पिडित राईले भने, ‘आफ्नै बुवा, आफ्नै काका वा दाजुभाई सम्झेर सहयोग गर्न अपिल गर्दछु ।’ पिडितका लागि सहयोग गर्नकालागि सम्पर्क गर्न सम्पर्क नम्बर ९८२५७९१५१३ र ९८२३५५५२५३ व्यवस्था मिलाइएको आफन्त योगीन राईले बताए । मृगौलाकै उपचारकाक्रममा हाल उनी हाल परिवार सहित मोरङको लेटाङमा बसिरहेका छन् । घरको अभिभाबक नै मृगौलाको समस्याबाट थलिएपछि परिवारकै बिचल्नी सुरु भएको छ । आफन्त एलिना राईका अनुशार टंकराजको जीवन बचाउकालागि देश बिदेशबाट रकम जुटाउनकालागि बैंक खाता खोल्ने तयारी गरिएको छ ।


 

प्रकाशित: २७ पुस २०७३ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App