coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलद्वार नभएका बालकको उपचारमा चिन्ता

खोटाङ– खोटाङमा मल द्धार नभएका बच्चाको उपचारकालागि आर्थिक अभाव भएको छ । खिदिमा–१ लामीडाँडाका अर्जुन राई र मीना राईको दुई वर्षे बच्चाको उपचारकालागि आर्थिक अभाव भएको हो ।

जन्मजात मलद्धार नभएको बच्चाको उपचारकालागि स्वाथ्यकर्मीले १५ लाख चाहिने बताइएपछि राई परिवारमा तनाव सिर्जना भएको छ । हाल कान्ती बाल अस्पताल काठ्माण्डौंमा उपचार गराइरहेका बच्चाकालागि खर्च अभावमा उपचार गर्न कठिनाइ भइरहेको बुबा अर्जुनले बताए । हाल मल द्धार नभएका बच्चाको पेटमा शल्यक्रीया गरेर प्वाल पारेर पाईपमार्फत दिशा गर्ने अस्थायी व्यवस्था गरिएको छ । परिवारका अनुशार दुई वर्ष पुगेपछि मात्र बच्चाको शल्याक्रीया गरेर मल द्धार राख्न सकिने स्वास्थ्यकर्मीको सुझाव छ । ‘अहिलेसम्म पेटमा प्वाल पारेर दिशा गराइरहेका छौँ,’ अर्जुनले भने, ‘दुई वर्ष पुगेपछि मल द्धार राख्न सकिन्छ रे । तर, पन्ध्र लाख रकम हामीले कसरी जुटाउने ?’ बच्चाको उपचार र जीवन बचाउकालागि राई परिवारले सहयोगको याचना गरेका छन् ।

१२ हजार सहयोग

मल द्धार नभएका बच्चाको उपचारकालागि आर्थिक अभाव झेलीरहेका राई परिवारलाई खिदिमा–२ स्थित प्रगतीशिल आमा समुहले आर्थिक सहयोग गरेको छ । बच्चाको मल द्धार राख्नकालागि आमा समुहकी अध्यक्ष बिर्सीका राईले समुहकातर्फबाट राई परिवारलाई १२ हजार सहयोग हस्तान्तरण गरेका हुन् । बच्चाको उपचार र जीवन बचाउकालागि आवश्यक रकम जुटाउनकालागि पहल भइरहेको स्थानीय समराज राईले बताए।

प्रकाशित: २७ पुस २०७३ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App