एलर्जी रोक्न बदाम

बुधबार, २७ पुष २०७३, १० : ३८ एजेन्सी

बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो । शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महŒवपूर्ण खोज भनेको छ ।

हुन त शिशुलाई बदामको पूरै दाना खान दिनु हुँदैन किनभने त्यो अड्किने सम्भावना हुन्छ । तर नअड्किने गरी खुवाउन सके र नियमित रुपमा खुवाए एलर्जी कम गर्न सकिने देखिएको हो । अमेरिकामा एलर्जी क्रमशः बढिरहेको छ । सन् २००८ को तुलनामा यतिबेला चार गुणाले एलर्जी बढेको विभिन्न शोधले देखाएको हो ।

एलर्जी बढ्ने क्रम पश्चिमी देश मात्र होइन, एसिया र अफ्रिकामा पनि उत्तिकै छ । यस्तो अवस्थामा संसारभरिका अभिभावकलाई आफ्ना सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ता बढेर गएको छ । यस्तो अवस्थामा बदाम खुवाएर ढुक्क हुन सकिने अवस्था आउनुलाई धेरैले सकारात्मक मानेका छन् । अहिलेसम्म तीन वर्षभन्दा मुनिका बालबालिकालाई बदाम नखुवाउँदा राम्रो भनिदै आइएकोमा यस अध्ययनपछि जति चाँडो बदाम खुवायो, उति राम्रो हुने देखिएको हो ।
नयाँ अध्ययनले भन्छः

  • अन्य किसिमका एलर्जी र गम्भीर किसिमको एक्जिमा भएका बालबालिकालाई मेडिकल निगरानीमा बदामयुक्त खाद्यसामग्री खुवाउनु पर्छ ।
  • हल्का एक्जिमा भएका बालबालिकालाई पनि बदामयुक्त खाद्य सामग्री दिँदा राम्रो हुनेछ ।
  • कुनै बालबालिकालाई एक्जिमा वा एलर्जी जस्ता कुनै पनि किसिमका समस्या नभएको खण्डमा बदामयुक्त खानेकुरा दिन सकिन्छ ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्टनी फाउसी भन्छन्, ‘हामीले बदाम खुवाउनुस्, एलर्जी भगाउनुस् भन्ने अभियान सुरु गरेका छौँ । यदि यो अभियान साँच्चिकै सफल पार्न सकिए एलर्जी फैलनबाट रोक्न सक्छौँ । खासगरी अमेरिकामा एलर्जी वृहद्स्तरमा बढिरहेको छ र यसलाई नियन्त्रण गर्न यस्तै किसिमका अभियानले सघाउ पु¥याउन सक्छन् ।’

युरोपियन एकेडेमी अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलजीका सदस्य माइकल वालकर भन्छन्, ‘नयाँ अध्ययनले देखाएका कुरा अध्ययनमा आधारित हुन् । यस्ता कुरा बेलाय मात्रै होइन, अन्य देशले पनि अपनाउनु आवश्यक छ ।’

इम्पेरियल कलेज लन्डनका प्राध्यापक अलान बुबिज भन्छन्, ‘पहिले चाहिँ एलर्जी कम गर्ने सबै किसिमका खाद्यसामग्रीहरू बालबालिकालाई ढिला गरी दिनुपर्छ भन्ने मान्यता थियो तर यो अध्ययनले त्यस किसिमको सोचलाई गलत साबित गरिदिएको छ ।’ बिबिसी
 









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित कृति सरसर्ती संसार जर्मनीमा लोकार्पण गरिएको छ। ...

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो...

कालो पोथी उत्कृष्ट फिल्म

कालो पोथी उत्कृष्ट फिल्म

माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव र दुई बालकको मित्रतामा आधारित फिल्म कालोपोथीले धरानमा आइतबार सम्पन्न पहिलो अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(आइफोन)मा...

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल...