७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त

डा. गाेविन्द पाेखरेल।

काठमाडौं—सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई  बर्खास्त गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट सरकारले  ज्ञवालीलाई दुई पटक स्पष्टिकरण सोधेको थियो। ज्ञवालीको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बुधबार बसेको मन्त्रिपरिषदबैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नयाँ सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल भूकम्पपछिको पुनःनिर्माणमा सशक्त काम गरेका एकजना मुख्य योजनाविद् हुन्। भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन, पुनःनिर्माण प्राधिकरणमा मुख्य जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणसम्बन्धी ऐनअनुसार ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका थिए। ऐनको दफा ११ (३) ले ऐनअनुसार प्रमुख कार्यकारीको अवधि पाँच वर्षको हुने र एक वर्ष थप गर्न सक्ने व्यवस्था गरेको छ। तर चित्तबुझ्दो काम नगरेमा हटाउने पनि सोही ऐनले दिएको छ। यही कानुनलाई आधार मानेर कांग्रेस–माओवादी गठबन्धनले पुननिर्माण प्राधिकरणबाट ज्ञवालीलाई हटाएको हो।
 

प्रकाशित: २७ पुस २०७३ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App