coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपर दुर्घटनामा एकको मृत्यु

मञ्जु उप्रेती

रामेछाप–मन्थली नगरपालिका– १ को सुकाजोर खोला पुल नजिकै बुधबार विहान भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुली जिल्ला भद्रकाली ८ का १८ वर्षीय रमेश बम्जन रहेका छन्। उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

र्दुघटनामा परी सिन्धुलीका २१ वर्षीय मोहन खडका, टिपर चालक सर्लाहीका ३० वर्षीय मुकुन्द घिमिरे र रामेछाप डडुवा ५ का २१ वर्षीय कुसुम थामी घाइते भएका छन्। घाइते मध्ये मोहन खडका र  मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेको थप उपचारका लागि काठमाडौं लगिएको छ । अर्का घाइते कुसुम थामीको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ।

मन्थली–रामेछाप सडकको पिचको कार्यमा ठेकेदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले प्रयोग गरेको ना १ अ यो ५७ नं को टिपर सहचालकले चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । विहानको समय सडक कम व्यस्त हुने भएकाले सहचालकले टिपर चलाउदा तीव्र गति भएका कारण मोडमा नियन्त्रण हुन नसक्दा दुर्घटना भएको स्थलगत अवलोकनमा देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिए । टिपर सडकबाट करिव ५० मिटर तल खसेको छ ।

प्रकाशित: २७ पुस २०७३ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App