पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

बुधबार, २७ पुष २०७३, १४ : ३१ नागरिक

काठमाडौँ-शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।  तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उनको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए।

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए। शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु  सरह भएकाे बताए। रासस









यसमा तपाईको मत

Loading...

अन्य समाचार

कविताको भानुप्रेम

कविताको भानुप्रेम

भारतको दार्जिलिङस्थित चौरास्तामा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको प्रतिमा छ। चौरास्ताको बाटो हुँदै कलेज जाने डा. कविता लामा भानुभक्तको सालिकछेउ...

ज्याज शैलीमा दीपक खरेल

ज्याज शैलीमा दीपक खरेल

गायक दीपक खरेलका सबैभन्दा मन पर्ने गायक थिए, नारायणगोपाल। खरेल एकपटक गजल रेस्टुरेन्ट गएका थिए, त्यहाँ गाउने गायकले धेरै गीत...

'साइँली' गीतको भावमा फिल्म बन्ने

'साइँली' गीतको भावमा फिल्म बन्ने

युट्युबमा हाल रुचाइएको भिडियो गीत 'साइँली' लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको...

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ्...