दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

बुधबार, २७ पुष २०७३, १४ : ५७ नागरिक

गौशाला-महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस–१ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए । 

गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हबल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेका थिए ।

घाइते हबल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो । रासस 









यसमा तपाईको मत

Loading...

अन्य समाचार

कविताको भानुप्रेम

कविताको भानुप्रेम

भारतको दार्जिलिङस्थित चौरास्तामा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको प्रतिमा छ। चौरास्ताको बाटो हुँदै कलेज जाने डा. कविता लामा भानुभक्तको सालिकछेउ...

ज्याज शैलीमा दीपक खरेल

ज्याज शैलीमा दीपक खरेल

गायक दीपक खरेलका सबैभन्दा मन पर्ने गायक थिए, नारायणगोपाल। खरेल एकपटक गजल रेस्टुरेन्ट गएका थिए, त्यहाँ गाउने गायकले धेरै गीत...

'साइँली' गीतको भावमा फिल्म बन्ने

'साइँली' गीतको भावमा फिल्म बन्ने

युट्युबमा हाल रुचाइएको भिडियो गीत 'साइँली' लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको...

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ्...