ग्यास विक्रेताको आन्दोलनले उपभोक्ता मारमा

बुधबार, २७ पुष २०७३, १५ : १२ नागरिक

लुम्बिनी-ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै यहाँका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् । 

विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ । नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एकरुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि विक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै विक्रेताले आन्दोलन थालेका हुन् । 

आयल निगमले गत पुस १९ गते राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको उपभोक्ता मूल्य निर्धारण गरेको थियो । तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ग्यास सिलन्डरको खुद्रा मूल्य रु एक हजार २७५ र तराईका अन्य जिल्लामा रु एक हजार ३०५ कायम गरेको छ । 

नेपाल आयाल निगमको केन्द्रीय कार्यालय बबरमहलले क्षेत्रीय कार्यालय भलबारीलाई जारी गरेको एलपी ग्यासको मूल्य समायोजन बारेको सूचनामा रुपन्देहीसहित तराईका अन्य जिल्लामा रु एक हजार ३२५ बाट घटाएर रु एक हजार ३०५ कायम गरिएको छ । अन्य पहाडी जिल्लामा भने मूल्य यथावत राखिएको जनाएको छ । 

व्यवसायीले आयल निगमले उपभोत्ता मूल्य घटाएकोमा स्वागत गर्दै उद्योगले दिँदै आएको सहुलियत रकम पहिलाकै अवस्थामा नदिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ग्यास उद्योगले पुस १९ गतेसम्म प्रतिसिलिन्डर रु ५० सहुलियत रकम दिँदै आएकोमा रु ३२ मात्रै दिने गरी विलिङ गरेको ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष वसन्त गौचनले बताए । 

ग्यास उद्योगीले भने सरकारले ग्यास बिक्रेताका लागि भनेर रु ३२ मात्रै रकम छुट्टयाएकाले रु ५० दिन नसकिने बताएका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका विक्रेताले यहाँका उद्योगबाट ग्यास सिलिन्डर उठाएका छैनन् । बजारमा ग्यासको अभाव हुन थालेको छ । 

सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक सुशील नेपालले रु ३२ भन्दा बढी रकम दिन नसकिने बताए । “सरकारले ढुवानी दर घटाए मात्रै विक्रेताको माग पुरा गर्न सम्भव छ,” उनले भने । पञ्चमहालक्ष्मी ग्यास उद्योगका व्यवस्थापक महेश पोखरेल एक सातायता बिक्रेताले ग्यास नलगेको बताउँछन् । रासस  










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad