coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवतरणका क्रममा जहाजको टायर पन्चर, दुर्घटनाबाट बच्यो

फाइल तस्बिर ।

सुमन मल्ल

मुगु–नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ।  नेपालगञ्जबाट विहान सवा दश बजे १५ यात्रु बोकेर आएको नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयरको ट्विनअटर जहाज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्ने क्रममा पछाडिको दायाँ टायर पन्चर भएको विमानस्थल प्रहरीलाई उधृत गर्दै जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यता गोमा एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले जहाजको टायर पन्चर नभएको बताएका छन्। 'नेपालगन्जबाट रारा विमानस्थलमा अवतरण गरिसकेपछि अर्को उडानका लागि क्याप्टेनले जहाज निरीक्षण गर्दा टायर खिइएको देखे र जोखिम लिन चाहेनन् ', उनले भने 'त्यस पछि अर्को टायर मगाएर जडान गरेर जहाज उडाएको हो।'

टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगञ्जबाट पुन तारा एयरको ट्विनअटरले गोमा एयरका प्राविधिक र टायर रारा विमान स्थलमा ल्याए पछि जहाज दिउसो सवा दुई बजे मात्र नेपालगञ्ज फर्किएको छ ।

 

प्रकाशित: २७ पुस २०७३ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App