८ वैशाख २०८१ शनिबार
राजनीति

परिमार्जनसहित संशोधन विधेयक पारित गर्न गठवन्धनको आग्रह

काठमाडौं- मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ। संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत दुई तिहाई पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको हो।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जन सहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको ठहर गरेको छ।

सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेको छ।

यस्तै गठबन्धनले आगामी माघ १ गते काठमाडौंका बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ। ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन/परिमार्जन’ बिषयक गठबन्धनले अन्तरक्रिया गर्ने भएको हो।

संविधान संशोधनमा सरकारी ढिलाई र एमालेको अवरोधले गर्दा संशोधनदेखि संविधान कार्यान्वयनसम्मका सबै प्रक्रिया अवरुद्ध भइसकेकोले भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए।

संविधान संशोधनको विरोधका नाममा एमाले नेताहरुले नश्लीय अभिव्यक्ति र गतिविधि गरेर मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको गठबन्धनको आरोप छ।

 

प्रकाशित: २७ पुस २०७३ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App