८ वैशाख २०८१ शनिबार
समाज

होटलको आवरणमा यौनधन्दा

धरान- होटलको आवरणमा यौन धन्दा सञ्चालन गर्नेविरुद्ध कारवाही तीब्र पारेको धरान प्रहरीले मंगलबार राती एक पीडित युवतीसहित ४ जनालाई पक्राउ गरेको छ।

                धरान १३ जिरोप्वाइन्टस्थित ग्रिन हटबाट प्रहरीले २ युवा र २ युवतीलाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये एक १६ बर्षीय युवतीलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाएको प्रहरीको भनाई छ। अर्की युवती भने पेशेवर यौनकर्मी भएको र दुई युवा भने यौनजन्य कार्यकालागि पुगेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ‘पक्राउ परेका युवतीमध्ये एक जना पीडित रहेछन्, उनलाई होटल सञ्चालिका र पक्राउ परेकी अर्की युवतीले जर्बजस्ती यौनधन्दा लगाउने गरेको रहेछ’–डिएसपी खतिवडाले भने–‘उनैबाट जाहेरी लिएर जीउ मास्ने बेच्ने मुद्दामा अदालतले प्रमाणित गरेकोले म्याद थप भएर कारबाही प्रक्रिया अघि बढेको छ।’

                डिएसपी खतिवडाका अनुसार जीउ मास्ने बेच्ने मुद्दामा पीडितबाट न्यायधीशको अघि वयान दिएपछि प्रमाणित गरेर मात्र मुद्दा चल्छ। यो घटनामा पनि जिल्ला अदालतका न्यायाधीश सामु पीडित युवतीले बयान दिएको र न्यायाधीशबाट प्रमाणित भएकोले प्रक्रिया अघि बढेको हो। युवतीसहित पक्राउ परेको दुई युवक धरानका २४ बर्षीय यादव बस्नेत र ३० बर्षीय दिलकुमार तामाङ छन्। प्रहरीका अनुसार मंगलबार राती छापा मार्न पुग्दा होटल सञ्चालिका भने भेटिएनन् । होटलको आवरणमा दुई वटा कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन गरिरहेको पाइएको थियो। होटल सञ्चालिकाको नाम पनि प्रहरीले गोप्य नै राखेको छ। ‘त्यहाँ २ वटा कोठा भाडामा लिएर व्यावसायीकरुपमा यौनधन्दा गर्ने गरेको रहेछ। होटल त देखावटी मात्र रहेछ’–डिएसपी खतिवडाले भने–‘फरार होटल सञ्चालिकाको खोजी तीब्र पारेका छौं ।’

                छापा मार्ने क्रममा होटलमा भेटिएको लिष्टमा दुई दर्जन युवतीहरुको नाम र सम्पर्क नम्बर फेला परेपछि प्रहरी पनि आश्चर्यमा परेको छ। उक्त होटलबाट ठूलो संख्यामा यौनधन्दामा युवतीहरु परिचालन भएको प्रहरी प्रारम्भिक निष्कर्षमा पुगेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा बाहिर कतै युवती पठाउनु परे एक रातको ४ देखि ५ हजार शुल्क लिने गरेको भेटिएको छ भने सोही होटलको कोठामा युवतीसँग यौनजन्य कार्य गर्दा हजारदेखि पन्ध्र सय लिने गरेको पनि पत्ता प्रारम्भिक अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ।

प्रकाशित: २७ पुस २०७३ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App