४ वैशाख २०८१ मंगलबार
समाज

यसरी बन्छ चाकु (फोटो फिचर)

काठमाडौं–माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखाका चाकु यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । बिगत ३० बर्षदेखि चाकु बनाउँदै आएका राजेश श्रेष्ठको परिवार मङ्सिर लागे सँगै बजारमा चकुको माग पूरा गर्न व्यस्त छन्।

दैनिक बिहान ८ बजे देखि राति ९ बजेसम्म चाकु बनाउनमै उनीहरु ब्यस्त रहने गरेको बताउँछन्। आफ्नो उद्योगले दैनिक हजार किलो चाकु, कालो र सेते लड्डु ५–६ सय किलो उत्पादन गर्ने श्रेष्ठ बताउँछन्। उद्योगमा २५ जना कामदार खट्ने गरेका छन्। सादा चाकु बाहेक खुवा चाकु, स्पेसल चाकु (बदाम, किसमिस लगायत मसला हालेर बनाइएको), सुत्केरी चाकु (सुत्केरी महिलालाई पौष्टिक तत्व हुने गरी बनाइएको) लगायत चाकुहरु बनाउने गरिएको श्रेष्ठले बताउँछन्।

पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले चाकु सेवन गर्ने पराम्परा छ।

तस्बिरमा हेर्नुहोस् यसरी बन्छ चाकुः

                                                                                                                                                                        फाेटाेहरूः प्रबिन काेइराला

प्रकाशित: २८ पुस २०७३ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App