coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं- इङ्ल्यान्ड भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। असार २७ बाट हुने भ्रमणका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधि बैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छनोट गरेको हो।

अप्रिलमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि आइसिसीले नेपाली टोली छनोट गर्नका लागि समिति बनाउने निर्णय गरेको थियो।

नेपाल र इङ्ल्यान्डबीच दौत्यसम्बन्ध दुईसय वर्ष पुगेको अवसरमा नेपालले इङ्ल्यान्डटोलीसँग खेल्नेछ।

नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग लर्ड्स क्रिकेट मैदानमा जुलाई १९ मा प्रतिस्पर्धा गर्नेछ। सोमबार घोषित टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, विक्रम सोब, राजु रिजाल, राजेश पुलामीमगर छन्। एमसिसीसँग खेल्नुअघि नेपालले दुई ट्वान्टी–२० र दुई ५० ओभरको खेल खेल्नेछ। नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप चौथो चरणको तयारीका लागि युरोप भ्रमणमा जान लागेको हो।

नेपालले नेदरल्यान्ड्ससँग अगस्ट १३ र १५ मा लिस्ट ए खेल खेल्नेछ। प्रशिक्षक टमाटाले च्याम्पियनसिप तयारीका रूपमा इङ्ल्यान्ड भ्रमणलाई लिएको बताए। उनले भने, 'हामीले यसबाट धेरै सुधार गर्न सक्छौं। नेदरल्यान्ड्ससँगको खेलका लागितयारी गर्ने अवसर हो। यसलाई हामीले राम्रोसँग सदुपयोग गर्नुपर्छ।'

नेपाली टोली जुलाई २२ मा इङ्ल्यान्डबाट फर्केर २४ देखि बन्द प्रशिक्षणमा रहनेछ। नेदरल्यान्ड्ससँग प्रतियोगिता खेल्न नेपाल अगस्ट ४ त्यसतर्फ जाने कार्यक्रम छ।  

प्रकाशित: २१ असार २०७३ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App