७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अहिलेसम्म कति जनाको कोरोना परीक्षण भयो ?

काठमाडौं- आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ भएको पाइएको छ। गत शनिबारसम्म कुल १ हजार ४ सय ४१ परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो। जस मध्ये एक जनालाई निको भइसकेको छ। शनिबार एकैदिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो।

तर बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परीक्षणमा संक्रमण नभेटिएको बताए। उनले बिहिबारसम्म कुल २ हजार ८ सय ९५ परीक्षण भइसकेको बताए। जसमध्ये उपत्यकामा  २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ। त्यस बाहेक आज थप १ सय ९३ परीक्षण भइरहेको उनले बताए।  उनले बिहिबार गरिएका परीक्षण सम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताए। त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ।

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले र्‍यापिड टेस्ट किट पठाएको बताए।  यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल ७ हजार ९ सय ४० जना रहेको उनले बताए। प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यका बाहीर ९९ जना गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको बताए। बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उनले बताए।  उनले कल सेन्टरमा आएका ३ हजार ३ सय ९५ जिज्ञासालाई सम्बोधन गरेको समेत बताए।

प्रकाशित: २७ चैत्र २०७६ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App