८ वैशाख २०८१ शनिबार
समाज

निर्माण व्यवसाय विकास परिषदले सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने

काठमाडौं- निर्माण व्यवसाय विकास परिषदले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सातवटै प्रदेशलाई १३ लाखको दरले ९१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा विहीबार बसेको परिषद्को बैठकले प्रति प्रदेश १३ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो।

परिषद्का सदस्यसचिव तथा सहसचिव गोपालप्रसाद सिग्देलले परिषद्को बैंठकले १३ लाखको दरले सातवटै प्रदेशको प्रदेश स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको बताए। उक्त कोषमा नेपाल निर्माण व्यवसायी महासंघसहित निर्माण व्यवसायसँग सम्बन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने निर्माण व्यवसाय विकास परिषद्को गत चैत ५ गते बसेको बैंठकले  परिषद्ले कोरोना भाइरस  रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्तर्गत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रु एक करोड योगदान गर्ने निर्णय भएको थियो। महासंघका महासचिव रोशन दाहालले परिषद्ले कोरोना भाइरसको लागि आआफ्नो तर्फबाट आर्थिक सहयोग गरेको बताए। उनका अनुसार  उक्त रकम सातै प्रदेशलाई १३ १३ लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ। उनले अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ।

प्रकाशित: २७ चैत्र २०७६ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App