८ वैशाख २०८१ शनिबार
खेल

शाकिबको दोहोरो शतक

वेलिङटन- साकिब अल हसनको दोहोरो शतकमा कप्तान मुस्पि्ककर रहिमको शतक थपिएपछि बंगलादेशले शुक्रबार दोस्रो दिनसम्म न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा नियन्त्रण राखेको छ। दोस्रा दिनको खेल सकिँदा भ्रमणकारी टोली ७ विकेटको क्षतीमा ५ सय ४२ रन बनाएर खेलिरहेेको छ। सबिर रहमान १० रनमा अविजित छन्। घरेलु टोलीका लागि भने खराब फिल्डिङका कारण दोस्रो दिन निराशजनक रह्यो।

न्युजिल्यान्डविरुद्ध सर्बाधिक रन जोड्ने पहिलो बंगलादेशी खेलाडी बनेका साकिब दोस्रो दिनको खेल सकिन १५ मिनेट बाँकी रहँदा २ सय १७ रनमा आउट भएका थिए।

१ सय ५९ रनमा आउट भएका मुस्पि्ककरले साकिबसँग पाँचौ विकेटका लागि ३ सय ५९ रनको कीर्तिमानी साझेदारी गर्दै दुई वर्ष अघि तमिम इकबाल र इमारुल कायरले पाकिस्तानविरुद्ध गरेको सर्वाधिक साझेदारीको कीर्तिमान तोडेका थिए। यो साझेदारी कुनै पनि टोलीले न्युजिल्यान्डविरुद्ध पाँचौ विकेटका लागि गरेको अहिलेसम्मको ठूलो हो।

वर्षा र हावाका कारण पहिलो दिनको खेल प्रभावित भएको थियो। दोस्रो दिनको चौथो ओभरमा भ्रमणकारी टोलीको विकेट लिएको घरेलु टोलीले त्यसपछि खेलमाथिको नियन्त्रण पुनः गुमायो। तीब्र गतिका बलर टिम साउथीले मोमिनुल हकलाई ६४ रनमा विकेटकिपर वाट्लिङको हातबाट क्याच गराउदै पवेलियनको बाटो देखाएका थिए। १६०–४ को स्थितीमा ब्याटिङका लागि आएका मुस्पि्ककर र साकिबले बाँकी ८२ ओभरको खेल पूर्ण रुपमा नियन्त्रणमा राखेका थिए। उनीहरुले ४.४ को औसतमा ३ सय ५९ जोडेका थिए। भ्रमणकारी टोलीलाई भाग्यले समेत केही साथ दिएको थियो।

अघिल्लो दिन मिचेल सान्टनरले क्याच छोड्दा ४ रनमा जीवनदान पाएका साकिब दोस्रो दिन १ सय ३७ रनमा रहदा विकेटकिपर विजे वाटलिङको उच्कृष्ट क्याचमा आउट भएका थिए तर रिप्लेमा भने बलले भुइमा छोएको देखिएपछि उनले जीवनदान पाएका थिए। १ सय ८९ रन जोड्दा रस टेलरले क्याच छोडेपछि साकिबले पुनः जीवनदान पाएका थिए।

साकिबलाई वाग्नरले २ सय १७ रनमा बोल्ड गरेका थिए। २ सय ७६ बल सामना गरेका उनले ३१ चौका प्रहार गरेका थिए।

उनलाई दरिलो साथ दिएका मुस्पि्ककर ७८ रनमा रहदा भाग्यमानी ठहरिएका थिए। ट्रेन्ट बोल्टको बलमा उनको प्रहार भित्रि किनारामा लाग्दै स्टम्पलाई छोएको थियो, तर बेल भने झरेन। बरु बलले बाउन्ड्रीको दिशा लियो।

बोल्टले मुस्पि्ककरलाई १ सय ५९ रनमा विकेटकिपर वाट्लिङको हातबाट क्याच गराएका थिए। २ सय ६० बल खेलेका उनले २३ चौका र १ छक्का प्रहार गरे।

दोस्रो दिन घरेलु टोलीका वाग्नर सर्वाधिक सफल बलर रहे। उनले १ सय २४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै बोल्ट र साउथीले समान २ विकेट लिए। बोल्टले १ सय २१ रन खर्चिदा साउथीले१ सय ४४ रन खर्चेका थिए।

प्रकाशित: १ माघ २०७३ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App