coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

देवघाटमा शुरु भयो मकर स्नान मेला

चितवन– मकर स्नानका लागि देवघाटघाममा शनिबार भिडभाड निकै बढेको छ। माघे संक्रातिका दिन नुहान नेपालबाट मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रहरुबाट पनि भक्तजनहरु देवघाटधाम आउँछन्। मुक्तिनाथबाट बग्दै आउने कालीगण्डी र गोसाइकुण्डबाट बग्दै आउने त्रिशुली नदीको संगम स्थल देवघाटमा नुहाए पुण्य प्राप्त हुने हिन्दु धर्म मान्नेहरुको विश्वास छ। नदीको संगम स्थल तनहुँमा परे पनि त्यहाँ पुग्न चितवन हुँदै जानु पर्छ।

त्यसैले, देवघाटधामलाई चितवनको पनि मुख्य धार्मिक स्थल मान्ने गरिन्छ। मकर संक्रान्तिमा देवघाट धाममा नुहाउन ऋषि र देवताहरु पनि आउने धार्मिक विश्वास छ। त्यसैले यस दिन लाखौ भक्तजनहरु देवघाटमा डुबुल्की मार्न आउँछन्। भगवनाले पनि नुहाउने नदीको संगम स्थलमा नुहाएमा पाप पखालीले उनीहरुको विश्वास रहने गरेको छ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलका अनुसार लगभग तीन लाख भक्तहरुले देवघाटमा स्नान गर्छन्।

नारायणगढदेखि सात किलो मिटर उत्तरतर्फ रहेको देवघाट पुग्न माघे संक्रान्तिमा गाडीको ठूलो लाइन लाग्छ। त्यसैले नियमित रुट आँपटारीको साटो देवघाट जानेहरु रामनगर हुँदै जान्छन्। फर्कंदा आँपटारी हुँदै निस्कन्छन्। मान्छे धेरै आउने भएका कारण आउने जाने रुट फरक भए पनि गाडीको ठूलो लाम लाग्छ।
 

हेर्नुस् तस्बिरः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App