५ वैशाख २०८१ बुधबार
समाज

सवारी दुर्घटनामा तीनकाे मृत्यु

काठमाडौ–बिराटनगर–३ बिजुली अफिस नजिक को १ त ६५८४ नंबरको ट्याक्टरले शुक्रबार को ११ प ५६८१ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोरङ बिराटनगर–८ बस्ने ३५ बर्षीय मनिष दुगडको मृत्यु भएको हो। गम्भीर घाईते भई उपचारार्थ बिराट नर्सिङ होम बिराटनगरमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१६ पुरानो बसपार्क अगाडि पिपीरातर्फ जादै गरेको ना २ ख ३२१४ नंबरको बसले पैदल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

बिरेन्द्रनगर नगरपालिका–१७ लाटीकोईली बस्ने ३१ बर्षीय राम बहादुर चौधरीको मृत्यु भएको हो।
सर्लाही लालबन्दी नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा ना २ ख ८६२३ नंबरको ट्रकले ना ३५ प २२०८ नंबरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

लाहान नगरपालिका बस्ने २६ बर्षीय मिलन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि सवार सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने ३८ बर्षीय दिपेन्द्र अधिकारी गम्भीर घाईते छन्।

प्रकाशित: १ माघ २०७३ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App