७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करले मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु

इटहरी–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पूर्वतर्फ आउँदै गरेको को १९ प ५५३० नम्बरको यात्रुबाहक बसले ५ बजेतिर मोटरसाइकललाई ठक्कर दिँदा तीन जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मोरङ हसन्दहका २६ बर्षीय सुमन बास्तोला, इटहरी वडा नं. ५ का अन्दाजी ३० बर्षीय कान्छा तामाङ् र अर्का पहिचान हुन नसकेका एक जना पुरुषको मृत्यु भएको हो । बसले ठक्कर दिँदा तीनै जनाको शव क्षतविक्षत हुन पुगेको डिएसपी प्रवीण धितालले बताए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई जनकपुरबाट विराटनगर आउँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रकाशित: १ माघ २०७३ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App