८ वैशाख २०८१ शनिबार
प्रवास

युएईमा प्रधानमन्त्रीले सुनकाण्ड सम्झिए

प्रधानमन्त्री दाहाल अन्तरक्रिया गर्दै।

युएई - प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्।  वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।

अन्तरक्रियामा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र सम्वृद्धिमा सरकारले जोड गरेको बताए। 

विमानस्थल अध्यागमन, प्रहरीसँगको मिलेमतोमा मानव तस्करले हजारौं मान्छे युएई ल्याएर अलपत्र पार्दै आएका छन्। मोटो रकम असुलेर नेपाली अलपत्र पार्ने कार्यमा संलग्नलाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

युएईमा कार्यरत नेपालीहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, 'मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ। सरकार विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न क्रियाशील छ।' 

उनले नेपालीले विदेशमा आर्जन गरेको पूँजी देशको आधारशीला भएको बताए। 'तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशीला हो', उनले भने, 'तपाइँहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ।’

युएईबाट हुने गरेको सुन तस्करी, हुण्डी र भिजिट भिषामा ल्याएर अलपत्र पार्ने गरेका घटना छानिविन गर्न सरकारले निर्देशन दिएको उनले बताए। विमानस्थल अध्यागमन, प्रहरीसँगको मिलेमतोमा मानव तस्करले हजारौं मान्छे युएई ल्याएर अलपत्र पार्दै आएका छन्। मोटो रकम असुलेर नेपाली अलपत्र पार्ने कार्यमा संलग्नलाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

एउटा फरक प्रसङ्गमा उनले सैलाई पेलेर वा ठेलेर राष्ट्रिय समस्या समाधान नहुने बताए।

युएईमा हुने उर्जा सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्रीले २९ बर्ष पहिले अमेरिकाभन्दा पहिले नेपालमा जलविद्युतको सुरुवात भएको स्मरण गरे।

‘जलविद्युतको हामीले सदुपयोग गर्न सकेका छैनौं। त्यसैले हाम्रो ध्यान यसैमा छ सबै हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकासका आयोजनामा केन्द्रित गर्न खोजिरहेको छौं', उनले भने। युएईमा रहेका नेपालीहरुको मुल समस्या आफूले युवराज सँगको भेटमा राख्ने उनले बताए। 

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी उनले दिए।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए। प्रधानमन्त्रीले साझ ५ बजे नेपाल विजनेस काउन्सिलको कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

प्रकाशित: २ माघ २०७३ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App