८ वैशाख २०८१ शनिबार
राजनीति

संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः सभापति देउवा

वालिङ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

नेपाल आदर्श क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २०७४ माघभित्र तीनवटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटतर्फ धकेलिन सक्ने खतरा रहेको बताए।

“संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल मिल्नुको विकल्प छैन,” उनले भने– “२०७४ माघभित्र स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुन सकेन भने देशमा संवैधानिक सङ्कट आउन सक्छ।”

संवैधानिक सङ्कटबाट मुलुकलाई जोगाउन दलहरुले छिटोभन्दा छिटो सहमति गरी निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो । संविधान संसोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल भइरहेको नेता देउवाले बताए। “एमाले पनि देशलाई निकास दिन सकारात्मक हुनेछ र देश छिटै निर्वाचनमा जानेछ,” उनले भने। रासस

 

प्रकाशित: २ माघ २०७३ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App