६ वैशाख २०८१ बिहीबार
समाज

भूकम्पपीडितलाई निःशुल्क स्वास्थ्यसेवा

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने निर्णय गरेको हो ।

भूकम्पप्रभावित क्षेत्रमा चिकित्साशास्त्र अध्ययन संस्थान काठमाडौं विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आइतबारै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा स्रोत साधन परिचालन गरी निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ

प्रकाशित: ३ माघ २०७३ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App