७ वैशाख २०८१ शुक्रबार
कला

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

काठमाडौं– यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल अधिकारी) को धोको अधुरो रह्यो ।  नेपाली संगीतमा सक्रिय भएर लागेका उनी शनिबार बाथरुममा झुन्डिएको अवस्था मृत भेटिए  । पत्नी अस्मिता अधिकारीसहित उनी लन्डनमा बस्दै आएका थिए ।

‘पोस्टमार्टम रिपोर्ट सोमबारसम्म आएपछि उनको पार्थिव शरीर नेपाल ल्याउने वा नल्याउने भन्ने टुंगो हुन्छ । तत्काल के गर्ने भनेर कुनै निर्णय गरेका छैनौँ,’ अभिनेता रेस मरहठ्ठाले भने । रेस ¥यापर यम बुद्धका निकटस्थ हुन्  ।
सन् २०११ मा यम बुद्धसहित कोलिनविक्रम राणा, युनिक पोइन्ट लगायत ¥यापरको नेतृत्वमा सुरु भएको ‘¥याप ब्याटल’ले युवालाई प्रोत्साहित गरेको थियो । पश्चिमेली देशमा लोकप्रिय अन्डरग्राउन्ड ¥यापलाई सर्वप्रथम नेपालमा भिœयाएपछि ¥याप संगीत युवामाझ लोकप्रिय बन्दै गएको छ ।

‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’ नामक ¥याप ब्याटलको सुरुवाती दिनमा यम बुद्धले ¥यापरलाई प्रशिक्षण समेत दिएका थिए । युट्युबको आधिकारिक च्यानलमार्फत ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’ लोकप्रिय हुँदै गएपछि युवा पुस्ताको सहभागिता एकाएक बढेको थियो । सहभागीले सुरुमा मायाप्रीति र बिस्तारै समसामयिक विषयलाई प्राथमिकता दिएका थिए ।
विभिन्न सिजनमा सञ्चालन गरिएको ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’को पहिलो सिजनको नेतृत्व भने यम बुद्धले गरेका थिए । उनले झन्डै ६० ब्याटल सञ्चालन गराएका थिए । उनले तयार गरिदिएको ब्याटलले धेरै ¥यापरलाई प्रोत्साहन गरेको थियो । दक्षिण एसियामा खासै स्थापित नभएको ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’मा नेपाली मात्र नभएर विदेशीले समेत सहभागिता जनाएका थिए । लोकदोहोरी जस्तै लाग्ने ¥याप ब्याटलमा प्रतियोगीले शब्द प्रहारका आधारमा विजय घोषित हुन्थ्यो । भाषिक उच्चारणले गर्दा उमेर हद तोकिएको ¥याप ब्याटलमा समसामयिक व्यंग्य र विरोध समेटिन्थ्यो ।
सानैदेखि ¥याप म्युजिकमा रुचि राख्ने यम बुद्ध राकिम, आर्मी अफ द फारोज, विटल्स, जे टमाइन र भिन्नी पाज लगायत गीत मन पराउँथे ।  राप्रपाका नेता अम्बिकाप्रसाद अधिकारीका छोरा यम मोरङमा जन्मिएका हुन् । सन् २०१३ मा विवाह गरेका उनको एकादेश, पागलपन, कोही, आमा, र यो प्रशंसा लगायत गीत चर्चित छन् ।

गायिका इन्दिरा जोशीले यम बुद्धसँग काम गर्ने योजना पूरा हुन नपाउँदा दुःख लागेको बताइन् । ‘सँगै काम गर्ने हाम्रो योजना भए पनि पछि व्यस्तताले गर्दा गीत रेकर्डिङ गर्न भ्याइएन । सांगीतिक कार्यक्रमको दौरानमा विभिन्न स्थान पुग्दा उनी स्थानीय युवाहरुसँग ¥याप म्युजिकको कुरामा व्यस्त हुन्थे,’ उनले यम बुद्धलाई सम्झिइन् । सन् २०१३ मा एनसेलको कन्सर्टदेखि यम बुद्धसँग जोशीको चिनजान भएको थियो ।

नेपाली ¥याप म्युजिकमा विभिन्न कलाकारले आ–आफ्नै शैलीले सांगीतिक गतिविधि गरिरहेको तर ¥यापलाई युवामाझ पु¥याउन यमले महŒवपूर्ण भूमिका खेलेको जोशीले बताइन् । ‘हामीले सुनेझैँ लोकदोहोरी शैलीमा उनले ¥यापलाई नेपाली समाजमा फैलाउन कस्सिएका थिए,’ उनले भनिन्  ।

पोखराका ¥यापर लाहुरे (आशिष राना) आफूलाई ¥यापर बनाउन यम बुद्धको भूमिका रहेको बताउँछन् । ‘यम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुनतिर भएको हो । त्यतिबेला म पोखरामै थिएँ,’ उनले भने, ‘तिमी पनि काठमाडौं आएर ¥याप ब्याटलमा सहभागी हुनुप¥यो भनेर यमले मलाई फोन गरेका थिए । अनि म ¥यापमा सहभागी भएँ ।’
नेपाली ¥यापलाई यहाँसम्म ल्याउन यम बुद्धले धेरै योगदान गरेको उनको बुझाइ छ ।

‘¥यापलाई व्यावसायिक बनाएको श्रेय उनलाई नै दिनुपर्छ,’ उनले भने । यम बुद्धसँग गीत गाउने इच्छा भए पनि पूरा नभएकामा उनले दुःख व्यक्त गरे ।

प्रकाशित: ३ माघ २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App