coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिकी छोरीको विहेमा पूर्वराजा

काठमाडौं–राष्ट्रपति  विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तो मान्न पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवन शितल निवास  गएका छन्। राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग आज विवाद हुँदैछ। राष्ट्रपति भण्डारीले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेकी थिइन्।

मुलुकमा गणतन्त्र स्थापना पश्चात पूर्व राजाले राष्ट्रप्रमुखलाई सम्भवतः पहिलो पटक भेट्दैछन्।

‘राष्ट्रपतिज्युको छोरीको विहेमा ज्ञानेन्द्र सरकारलाई निम्तो आएको थियो,’ पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणीराज पाठकले नागरिकन्युजसँग भने, ‘ निम्ता मान्न सरकार आज १२ बजेर पाँच मिनेटमा शितल निवास सवारी होइबक्सियाे।’ ज्ञानेन्द्रले पूर्व रानी कोमललाई भने साथमा नलैजाने भएका छन्। मुलुकमा गणतन्त्र स्थापना पश्चात पूर्व राजाले राष्ट्रप्रमुखलाई सम्भवतः पहिलो पटक भेट्दैछन्।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन्। अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन्। किरण यादव महोत्तरी–२ बाट निर्वाचित कांग्रेस संसद हुन्।

प्रकाशित: ३ माघ २०७३ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App