४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

बेलायत–अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

अमेरिकी राष्ट्रपतिको जिम्मेवारी लिएलगत्तै केही हप्ताभित्र आइसल्यान्डमा एउटा शिखर सम्मेलन गर्ने र त्यहीँ वासिङटन र क्रेमलिनबीचको सम्बन्ध पुनःस्थापित गर्ने विषयमा छलफल हुने योजना रहेको उक्त पत्रिकाले एक बेलायती उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेको छ । अधिकारीको नाम भने पत्रिकाले सार्वजनिक गरेका छैन ।

१९८६ मा अमेरिकी र रसियाबीच शीतयुद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल गोर्वाचोभको आइसल्यान्डको भेटपछि सम्भवत दुई देशका बहालवाला शिर्ष नेताबीचको पहिलो भेटवार्ता हुने छ ।     सन्डे टाइम्सले उक्त स्रोतलाई उद्धृत गर्दै भनेको छ ‘मस्कोले ट्रम्प  र पुटिनबीच हुने सम्मेलनबारे सहमति जनाइसकेको छ ।’

तर आइसल्यान्डले सम्मेलनबारे आपूmलाई जानकारी नभएको बताउँदै मस्को र वासिङटनबीचको सम्बन्ध सुधार गर्न सहयोगी भूमिका खेल्न सम्मेलनको आयोजना गर्न भने आपूm इच्छुक रहेको जनाएको छ ।

आइसल्यान्डका विदेशीमन्त्री गुडलाउगर थोर थोडार्सनले भने, ‘आइसल्यान्ड सरकारले यस विषयमा कुनै जानकारी पाएको छैन । यदि वासिङटनले रेयकजाविकमा सम्मेलन गर्ने औपचारिक अनुरोध गरेमा आइसल्यान्ड सरकार सम्मेलनको आयोजना गर्न तयार रहनेछ ।’

ट्रम्पले रसियाली नेता पुटिनको प्रशंसा गर्दै आएपनि अमेरिकी गुप्तचर निकायले रसियाको निर्देशनमा निर्वाचनको समयमा इमेल चुहाएर निर्वाचनलाई प्रभावित पार्न खाजेको आरोप अस्वीकार गर्दै आएका छन् ।  

‘द वाल स्ट्रीट जर्नल’लाई शुक्रबार दिएको अन्तवार्तामा ट्रम्पले साइबर हमलामा दोषी भन्दै रसियामाथि अमेरिकी प्रशासनले  लगाइएको नाकाबन्दी हटाउन सक्ने बताएका थिए ।  तर ट्रम्पले रसियालाई अमेरिकाको मुख्य आक्रमणको केन्द्र बनेको जिहादी समूहमाथिको कारवाहीमा सहयोग गर्नुपर्ने पनि अन्तवार्तामा बताएको जनाइएको छ ।
 

सपथ ग्रहणको रिहर्सल

जनवरी२० का दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५ औँ राष्ट्रपति पदको औपचारिक सपथ ग्रहण दिवस आउन अब पाँच दिन मात्र बाँकी छ । यसै दिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि हुने भएको छ ।

निर्धारित समय तलमाथि हुन नपाओस् र आगामी सपथ ग्रहण समारोहका सबै कार्यक्रमहरुमा सानातिना बाधा व्यवधान पनि आउन नपाई एकदमै सहज ढङ्गबाट सम्पन्न होउन् भन्ने उद्देश्यले आइतबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत अन्य विशिष्ट व्यक्तिहरु वाशिङगटन डी.सी.को क्यापिटोल हिलमा अवस्थित अमेरिकी कँग्रेसको मुख्यालय क्यापिटोलमा पोशाक अभ्यास (ड्रेस रिहर्सल) कार्यक्रममा सरिक भएका छन् ।

यस छायाँ सपथ ग्रहण कार्यक्रममा सरिक गराउन आयोजकहरुले एकजना विशेष व्यक्तिलाई पनि निम्तो दिएका छन् । कार्यक्रम अवधिभर यिनी राष्ट्रपति बाराक ओबामाको भूमिकामा प्रस्तुत हुने छन् ।   

वर्तमान राष्ट्रपति बाराक ओबामाको अनुहार, उचाई, तौल, छालाको रङ्ग, हाउभाउ, चालढाल, बोलिचालीसँग काटीकुटी दुरुस्तै मिल्ने भएकाले नर्थक्यारोलिना निवासी, अमेरिकी सेनामा सर्जेन्ट पदमा कार्यरत यिनै २६ वर्षीय युवकलाई आयोजकहरुले चयन गरेका हुन् ।

आयोजकहरुले यी युवकलाई आफ्नो भूमिका निर्वाह गर्न चयन गरेको कुरो राष्ट्रपति ओबामाले केही दिन अघि थाहा पाए उनको रुप रङमा टिप्पणी गर्दै  ‘यिनको कान त मेरो जत्रो ठूलो रै न छ नि’ भनी टिप्पणी गरेका थिए ।

प्रकाशित: ३ माघ २०७३ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App