७ वैशाख २०८१ शुक्रबार
राजनीति

शीतल निवासमा एउटा दुर्लभ संयोग

शीतल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं- देशबाट राजतन्त्र विदा भएको ९ वर्ष भइसक्यो। यो बीचमा देशले दुई राष्ट्रपति पाइसक्यो। राष्ट्रपति र पूर्वराजाको निवासको दूरी एक किलोमिटर छैन। तर नेपालका पूर्व राज्यप्रमुख शाह र वर्तमान राज्य प्रमुख राष्ट्रपतिबीच भेटको संयोग जुर्न सकेको थिएन।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एउटा दुर्लभ संयोज जुर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाती तथा कांग्रेस नेतृ किरण यादवका छोरा अभिषेकको विवाहले पूर्व राजा र राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेट्ने दुर्लभ संयोग जुरायो। राजतन्त्रको विदाइपछि पूर्व राजा शाहले पहिलो पटक शीतल निवासमा पाइला राखे। र आफ्नो गद्दीच्युतसँगै स्थापना भएको राज्य संरचनालाई मान्यता दिए।

राजतन्त्रको विदाइपछि पूर्व राजा शाहले पहिलो पटक शीतल निवासमा पाइला राखे। र आफ्नो गद्दीच्युतसँगै स्थापना भएको राज्य संरचनालाई मान्यता दिए।

अर्को संयोग के भने त्यहाँ पूर्व राष्ट्रपति रामवरण यादव पनि थिए। र देशका प्राय 'हाइप्रोफाइल' बर बधुलाई शुभकामना दिन शीतल निवास पुगेका थिए।

यति मात्रै होइन पूर्व राजा शाहको शीतल निवाससँग जीवनको महत्वपूर्ण पक्ष पनि जोडिएको छ। त्यो हो उनको विवाह। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले बेलायती शैलीमा निर्माण गरेको यो दरवारमा २०२७ सालमा ज्ञानेन्द्र शाह र कोमलबीच विवाह भएको थियो। उनको मात्र होइन राजतन्त्रको समयमा राजपरिवारका सदस्यहरुको शीतल निवासमै वैवाहिक समारोह आयोजना हुने गर्थ्यो।

विशिष्ट विदेशी पाहुनाहरुलाई राख्नको लागि प्रयोग गरिने शीतल निवासमा केही समय परराष्ट्र मन्त्रालय पनि बस्यो। गणतन्त्र स्थानापछि यो भवनमा राष्ट्रपति कार्यालय र निवास दुवै रहँदै आएको छ।

पूर्व राष्ट्रध्यक्षको हैसियतमा निम्ता पाएका शाहलाई राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेकी थिइन्। राष्ट्रपतिले नमस्कारसहित शाहलाई स्वागत गरे लगतै उनले बर बधु भएको ठाउँमा पुगेर पुष्प गुच्छा दिँदै सुखद् बैवाहिक जीवनको शुभकामना दिएका थिए।

शुभकामना दिए लगत्तै बाहिरिएका उनी पूर्वपञ्चहरु बसेको टेवलतर्फ लागेका थिए। राप्रपा अध्यक्ष कमल थापा, पशुपति सम्शेर राणा, लोकेन्द्रबहादुर चन्द पूर्व प्रधानसेनापति प्यारजंग थापा बसिरहेको टेबलमा उनी पुगेका थिए। टेवलमा कुराकानी गर्दै पूर्व राजाले कालो चिया पिए। निकै प्रफुल्ल मुद्रामा देखिएका उनले त्यहाँ ठड्उली समेत गरे। करिब २० मिनेटको शीतल निवास बसेपछि उनी बाहिरिएका थिए।

स्रोत अनुसार उनले राष्ट्रपति भण्डारीसँग कुनै सम्वाद गरेनन्। आफू निकट पूर्वपञ्च नेताबाहेक अरुसँग भेटेनन् पनि।

 

प्रकाशित: ३ माघ २०७३ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App