७ वैशाख २०८१ शुक्रबार
समाज

बैठकमै खुकुरी प्रहार, लखेटेर हत्या गर्दा सबै रमिते !

ताप्लेजुुङ–वन रक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणमा स्थानीय वन उपभोक्ता पनि अनुसन्धान घेरामा तानिएका छन्। ताप्लेजुङ प्रहरीले स्रोत सर्बेक्षणका लागि जिल्ला वन कार्यालयलाई लिखित निबेदन दिने बाघथला सामुदायिक वन समुहका पदाधिकारी सहित थप १५ जनालाई निगारानीमा राखेर अनुसन्धान थालेको छ ।

निजी र सामुुदायिक वनको बिवादमा सहजीकरण गरिरहेका शाही माथि स्थानीय सविन लिम्बुुले बैठक स्थलमा उपस्थित भएका एक सदस्यको  खुकुुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।

जाजरकोटको दशेरा गाविस–८ घर भइ दुई बर्षदेखि वन रक्षकमा कार्यरत शाहीको गएको पुष १७ गते कार्य स्थलमै बिभत्स हत्या भएको थियो । खोक्लिङको ओइराखुस्थित बाघथला सामुदायिक वन समुहले सामुदायिक वनको स्रोत सर्बेक्षणका लागि आइदिन जिल्ला वन कार्यालयमा लेखेको पत्र पछि वन कार्यालयले शाहीलाई त्यस कामका लागि खोक्लिङ पठाएको थियो ।

निजी र सामुदायिक वनको बिवादमा सहजीकरण गरिरहेका शाही माथि स्थानीय सविन लिम्बूले बैठक स्थलमा उपस्थित भएका एक सदस्यको  खकुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।

प्रहरीले सामुदायिक वन समूहको बैठकमा उपस्थित भएका सहित १५ जनालाई नियन्त्रण्मामा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । प्रहरीले शाहीको हत्याका मुुख्य अभियुक्त भन्दै स्थानीय सबिन लिम्बूलाई यसअघि नै नियन्त्रणमा लिई सकेकोमा थप १५ जना माथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

‘सबिन बाहेक अरु १५ जना माथि प्रहरीले निगारानी राखेको छ’ केसीले भने । उनले सबिनले खुकरी प्रहार गर्दा रमिते बनेकाहरु माथि अनुसन्धान थालेको जानकारी दिए ।

प्रकाशित: ४ माघ २०७३ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App