coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जब चालकलाई गाडी भित्रै जिउँदै जलाएर हत्या गरियो

चालक भित्र राखेर चलाइएकाे गाडी।

रमेश खतिवडा/मञ्जु उप्रेती

चरिकोट/रामेछाप–गत मंसिर ९ गते बिहान जिल्ला प्रहरी कार्यालय रामेछापको कन्ट्रोल कक्षमा पश्चिमी गाउँ मझुवाबाट एउटा फोन आयो–गाउँको वडा नं १ निगालपानीमा एउटा गाडी दनदनी बलिरहेको छ, गाडी भित्र एक युवक पनि छन्।’

प्रहरी टोली तत्काल घटनास्थलमा खटियो। गाडी पूर्ण जलिसकेको थियो। गाडीको पछिल्लो भागमा लमतन्न परेर सुतेको शव थियो। प्रहरीले तत्कालै गाडीको पहिचान सुरु गर्यो। काठमाडौंबाट दमक, झापा चल्ने मे १ ज २१८७ नम्बरको टाटा सुमो। त्यसैका आधारमा अनुसन्धान थालियो।
...
झापा लखनपुर गाविस १,  पाडाजुगीका २७ वर्षीय  बिशाल खड्का काठमाडौं–झापा रुटमा टाटा सुमो चलाउँथे। ऋण काढेर किनेको गाडीले झापामै बसिरहेको परिवार भरथेग चलाएरै आएका थिए।

रामेछापको दोरम्बा गाउँका प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका थिए। राजधानीबाट मोटरसाइकल चोरी गरी ल्याउने, डकैती गर्ने लगायत बिभिन्न घटनामा संलग्न पाठक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा एक जर्बजस्ती करणीको मुद्धा दायर भयो।

यात्रु पाउँदा खुसी नहुने सार्वजनिक सवारीका चालक कमै हुन्छन, किनकी उनीहरुको कमाईका प्रमुख आधार नै यात्रु हुन्। बिशाललाई पनि मंसिर ८ गते ३ दिनको रिजर्ब जानका लागि फोन आयो। फोनमा सबै कुरा कानी टुङ्गियो। उनले प्रस्ताव स्विकार गरेर दुई पुरुषलाई लिएर मंसिर ८ गते रसुवाका लागि निस्किए।

बिशाललाई रामेछापकै प्रज्वल पाठक र तेह्रथुमका मनकुमार लिम्बूले सुमो दिन दिउँसो तिर काठमाडौंबाट रसुवाका लागि हिँडाए। रसुवाको सरनथलीमा मनकुमारकी प्रमिका विन्दु तमाङ थिइन्। फेसबुकबाट सुरु भएको उनीहरुबीचको प्रेम सम्बन्ध बैबाहिक जीवनमा परिणत गर्न विन्दुलाई भगाउनका लागि गाडी लिएर आएको जनाउ मनकुमारले दिएका थिए । मंसिर ९ गते विन्दु पनि त्यँही टाटासुमोमा बसेर आफ्नो प्रेमीसँग उनको साथीका साथ लागेर रसुवाबाट रामेछापका लागि हिँडिन्।
...
प्रहरी स्रोतका अनुसार रामेछापको दोरम्बा गाउँका प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका थिए। राजधानीबाट मोटरसाइकल चोरी गरी ल्याउने, डकैती गर्ने लगायत बिभिन्न घटनामा संलग्न पाठक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा एक जर्बजस्ती करणीको मुद्धा दायर भयो। प्रहरीले उनको व्यापक खोजी शुरु गर्यो। उनी भेटिएनन्। रामेछापमा ४ महिना अघि प्रहरी प्रमुख कुमुद ढुंगेल सरुवा भएर आएका थिए। अपराध अनुसन्धानमा पोख्त डिएसपी कुमुदले पाठकको फाइल पल्टाए। जर्बजस्ती करणीको मुद्दामा उनको व्यापक खोजी शुरु भयो । गाउँ र राजधानीमा उनको निगरानी बढाइयो।

प्रहरीले दुख दिन थालेपछि पाठकले रामेछाप प्रहरीलाई तह लगाउन संगठित अपराध गर्ने योजना बनाए। त्यसका लागि सहारा लिए तेह्रथुम जिल्ला पौठाक गाविस– ४ डाडाँगाउँ बस्ने वर्ष २६ का मन कुमार लिम्बू। लिम्बू माओवादीका पूर्व लडाकु थिए भने पाठक माओवादी समर्थक कार्यकर्ता। दुवैले रामेछापमा ठूलै घटना गराउने र प्रहरीलाई चुनौती दिने योजना बुने। मनकुमारलाई ठूलै रकम दिने आश्वासन समेत दिएका थिए पाठकले।
...

सित्खा बजारबाट केही पर मझुवा १ निगालपानीमा पुगेपछि पाठकले बिशाललाई गाडी रोक्न निर्देशन दिए। बिशालले विन्दुलाई माथि छोड, हामी पुग्ने घर आइपुग्यो भनेर मनकुमारलाई आदेश दिए।

९ गते रसुवाबाट हिडेका विन्दु, मनकुमार र प्रज्वल रातारात गरेर धादिङ, हेटौडा हुँदै बर्दिबासको बाटोबाट सिन्धुलीको चैनपुरस्थित विपी राजमार्गको खाल्टेमा बिहान ४ बजे आइपुगे। एउटा होटलमा चाउचाउ बनाउन लगाएका उनीहरुले गाडी चालक बिशाल र होटल धनीलाई गाउँमा इन्टरनेटको सर्भे गर्न हिँडेको बताएका थिए।
खाल्टेबाट उनीहरुको गाडी रामेछापको सित्खा बजारतर्फ उकालो लागेर अगाडि बढ्यो।

सित्खा बजारबाट केही पर मझुवा १ निगालपानीमा पुगेपछि पाठकले बिशाललाई गाडी रोक्न निर्देशन दिए। बिशालले विन्दुलाई माथि छोड, हामी पुग्ने घर आइपुग्यो भनेर मनकुमारलाई आदेश दिए। मनकुमार विन्दालाई गाडीबाट ओरालेर केही माथि एकान्त ठाउँमा पुर्याए। प्रहरी स्रोतका अनुसार एकान्त ठाउँमा पुर्याएपछि उहाँहरु किन ढिला गर्नु भो पख है म लिएर आउछु भन्दै फर्किए। त्यतीञ्जेल विन्दुले ३ पटक पड्केको आवाज सुनिन्।

बिहान उज्यालो हुनै लागिसकेको थियो। केही बेर पछि मनकुमार र पाठक दुवै विन्दुभएको ठाउँमै आइपुगे। विन्दुले के भएको भनेर सोधिन्। दुवैले गाडीको टायर पड्किएको र बनाएर ड्राईभरलाई फर्काइ दिएको सुनाए। त्यसु दिन उनीहरु तीनै जना गुन्सी भदौरेको एक गाउँलेको घरमा गएर बास बसे ।

भोलि पल्ट पाठकले जब दुवैलाई आफ्नो घर पुर्याए, पाठकका आफन्तले पाठकको चरित्र र आपराधिक पृष्ठभूमिबारे बताएपछि विन्दुले केही गडबड भएको थाहा पाइन्। केही दिन त्यही बसेर मनकुमार र विन्दु झापा हान्निए।
...

‘घटनास्थलमा आइपुगेपछि प्रेमिकालाई केही माथि पुर्याएर गाडी भएको ठाउँमा फर्किए लगतै चालक बिशाल खड्कालाई गाडीको पछाडि सिटमा बस्न आग्रह गर्दा नमानेपछि बाहिर निकालेर पेस्तोलबाट ३ राउण्ड गोली हानेको देखिन्छ

गाडी भित्रै मानिसको आगो लगाएर हत्या भएपछि जिल्ला प्रहरी प्रमुख ढुंगेल आँफै अनुसन्धानमा खटिए। घटनास्थलमा भेटिएका गोलीका खोकासहित गाडीको सबै विवरण र चालकको कल डिटेललाई आधार बनाएर सुरु गरिएको अनुसन्धानमा प्रहरी सफल भएको छ।

विन्दु र मनकुमारलाई ढुंगेल आँफैले झापाको दमक नगरपालिका १० स्थित एउटा डेराबाट पक्राउ गरेका छन्। पाठक भने फरार छन्। प्रहरी प्रमुख ढडुंगेलका अनुसार मनकुमारले चालकको हत्या गरेको स्वीकार गरेका छन्।

‘घटनास्थलमा आइपुगेपछि प्रेमिकालाई केही माथि पुर्याएर गाडी भएको ठाउँमा फर्किए लगतै चालक बिशाल खड्कालाई गाडीको पछाडि सिटमा बस्न आग्रह गर्दा नमानेपछि बाहिर निकालेर पेस्तोलबाट ३ राउण्ड गोली हानेको देखिन्छ’, उनले भने,  ‘त्यसपछि गाडीको पछाडी सिटमा सुताएर गाडी आगजनी गरेर उनिहरु भागेको बयान दिएका छन।’

प्रहरी प्रमुख ढुंगेलले घटनाको प्रकृति हेर्दा रामेछापमा जसरी पनि ठुलै घटना गराउने उद्देश्य राखेको मात्र देखिन्छ । ‘यसमा अरु पनि कुनै मिलिभगत छ की भनेर गहिरो अनुसन्धान थालेका छौ’, डिएसपी ढुंगेलले भने। उनका अनुसार फरार अभियुक्तको खोजी भइरहेको छ। ढुंगेलका अनुसार गाडी जलिरहेको स्थानमा जनमुक्ती सेना नेपाल नामको पर्चा समेत फेला परेको थियो ।

प्रकाशित: ५ माघ २०७३ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App