coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘फिल्म बुझ्न दुई दिने कार्यशाला प्रयाप्त छ’

काठमाडौं– हलिउड फिल्म विशेषज्ञ डभ साइमन ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल सञ्चालन गर्न नेपाल आइपुगेका छन्। आउँदो माघ नौं र १० मा राजधानीको नेपाल पर्यटन विकास बोर्डमा आयोजना हुन लागेको ‘द डभ साइमन दुई दिने फिल्म स्कुल’ नामक कार्यशालामा प्रशिक्षण दिन उनी नेपाल आइपुगेका हुन्।

संसारभर झण्डै ३४ देशमा आयोजना भइसकेको डभ साइमनको दुई दिने कार्यशालामा हलिउड अभिनेता विल स्मिथ, क्वीन लाटिफा, क्रिस्टोफर नोलन, स्पाइक ली, जर्ज क्लोनी र क्वीन्टिन टाराटिनो लगायत सहभागि भइसकेका छन्। कार्यशालालाई द काठमाडौं स्कुल अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा संञ्चालन गर्दैछ। कार्यशालाकै सेराेफेराेमा रहेर उनीसँग गरेको अन्तरवार्ताको अंशः


१.संसारभर ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल सञ्चालन गरिसक्नु भएको तपाईले कार्यशालाको लागि नेपालनै किन छनोट गर्नुभयो ?

सुन्दर प्राकृतिक लोकेसन भएकाले फिल्म सुटिङको लागि नेपाल उत्कृष्ट स्थान हो। परम्परागत र सांस्कृतिक विविधताले गर्दा नेपालभित्र स्थानीय कथावस्तु धेरै छन्। यो कथावस्तुहरुलाई फिल्मको माध्यमबाट अन्तराष्ट्र्रियस्तरमा पु¥याउन सकिन्छ। राम्रो कथावस्तु भ्एको नेपाली फिल्मले खासै अन्तराष्ट्र्रिय मार्केट पाइरहेका छैनन्। दुइ दिने फिल्म कार्यशालामा मैले कसरी नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय मार्केटमा पु¥याउन सकिन्छ भनेर सिकाउने छु।

२.‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुलमा के– के सिकाउँदै हुनुहुन्छ ?

दुई दिने कार्यशाला फिल्मको बजेट र अन्तराष्ट्र्रिय बजारको खोजीमा केन्द्रित हुनेछ । कम बजेटमा राम्रा फिल्महरु निर्माण गरेर अन्तर्राष्ट्रिय महोत्सवमा सहभागि हुने विषयहरु समावेश गर्नेछु। धैरेले फिल्म भनेको व्यापार हो भन्ने कुरा बुझ्न सकेका छैनन्। कार्यशालाको पहिलो दिन फिल्म कसरी निर्माण हुन्छ भन्नेलाई प्राथमिकता दिनेछु। त्यस्तै दोस्रो दिन भने। निर्माण गरिएको फिल्मलाई अन्तराष्ट्र्रिय बजार पु¥याउन लगानीकर्ता कसरी खोज्ने भन्नेमा जोड दिनेछु। मैले फिल्मको व्यापार सिकाउने हो। हलिउड फिल्म उद्योगमा लागेर फिल्म बनाएर पैसा कमाउन शैलीलाई नेपालमा आयोजना हुन लागेको कार्यशालामा सिकाउनेछु। स्क्रप्टदेखि अन्तराष्ट्र्रिय बजारसम्म पुग्न फिल्ममेकरहरुलाई कार्यशालाले सहयोग पु¥याउने छ भन्नेमा आशावादी छु।

३ .नेपाली फिल्म हेर्नुभएको छ?

नेपाली फिल्म क्षेत्रको बजार सामान्य रुपमा बुझेको छु। पछिल्लो पटक नेपाली फिल्म ‘कबड्डी’को व्यापारिक सफलता देखेर दंग परेको छु ।

४.तपाईको अनुसार राम्रो कलाकार र फिल्मको परिभाषा कसरी गर्नुहुन्छ ?

राम्रो कलाकार र फिल्म त्यो हो, जसले थोरै लगानीमा राम्रो कमाई गर्छ। जस्तो टम क्रुज, टम हेक्स् लगायत। मैले उनीहरुको अभिनय क्षमताको कुरा गरेको छैन्। तर उनीहरु अभिनित फिल्मले धेरै पैसा कमाउने गरेका छन्।

५.फिल्मको कथावस्तुले व्यापारमा प्रभाव पार्छ कि पार्दैन् ?

मलाई फिल्मको कथावस्तुभन्दा व्यापारमा रुचि लाग्छ। फिल्म अरुको लागि कला भएपनि मेरो लागि व्यापार हो। कथावस्तुभन्दा व्यापारमा जोड दिनुपर्छ भन्नेमा विश्वास गर्छु।

६.फिल्मको कुन विधालाई प्राथमिकतामा राख्नुहुन्छ ?

फिल्म बनाउन सर्वप्रथम स्क्रिप्ट तयार हुनुपर्ने भएकाले यो महत्वपूर्ण भाग समेत हो। स्क्रिप्टविना फिल्म निर्माण गर्न सकिन्न्। फेरि लेख्ने क्षमता सबैमा हुँदैन्। सोच्ने काम गर्ने धेरै भएपनि लेखनलाई निरन्तरता दिन एकदम गाह्रो हुन्छ। त्यसलाई नियमितता दिदाँ राम्रो हुन्छ।

७. दुई दिने कार्यशालाबाट पाएको ज्ञानले फिल्म निर्माणदेखि अन्तराष्ट्र्रिय महोत्सवसम्म पुग्न सम्भव होला ?
व्यवसायिक रुपमा फिल्म करियललाई अघि बढाउन दुई दिने कार्यशाला प्रयाप्त हुन्छ। दुई दिने कार्यशालामा सिकेका कुरालाई निरन्तरता दिने हो भने पक्की फिल्म उद्योगमा सफलता पाइन्छ।

८.औपचारिक रुपमा दुई दिने कार्यशाला कस्तो हुनेछ ?

दुई दिने कार्यशालामा स्क्रिप्ट, निर्देशन, निर्माण, अन्तराष्ट्र्रि फिल्म महोत्सवको महत्व र अन्तराष्ट्र्रिय बजार लगायत विषयलाई प्राथमिकतामा राखिएको छ। बिहान नौंदेखि साँझ पाँचबजेसम्म फिल्म मेकिङको कुरा हुनेछ।

९.हलिउडमा तपाईको फिल्म स्कुलमा सहभागि हुने चर्को मूल्य तिर्ने गरेका छन्। नेपालमा हुन लागेको कार्यशालामा कसरी सहभागि हुन सकिनेछ ?

दुई दिने कार्यशालामा सहभागि हुन चाहने इच्छुक सहभागिले ६ हजार तिरेर सहभागिता जनाउन सक्नेछन्। कार्यशालामा बढीमा एक सय ५० जना सहभागिहरुमात्र सहभागि हुनसक्नेछन्। काठमाडौंबाहिरका ६ जना सहभागिहरुको लागि छात्रवृतिको व्यवस्था गरेका छौं।

१०.झण्डै एकसाताको नेपाल बसाईको क्रममा कार्यशालाबाहेक केही योजना बनाउनु भएको छ ?

छोटो समयको लागि नेपाल आएको हुँदा राजधानी वरपर रहेको हलिउड फिल्महरुमा धेरै देखिएको विश्वप्रसिद्ध बौद्धनाथ र भक्तपुर घुमघामको योजना बनाएको छु । त्यसबाहेक फिल्ममा सक्रिय भएर काम गरिरहेका व्यत्तित्वहरुसँग भेटघाटको कार्यक्रम बनाएको छु।

प्रकाशित: ५ माघ २०७३ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App