८ वैशाख २०८१ शनिबार
समाज

मुसहर बालवालिकाका लागि आर्थिक सहयोग

सर्लाही– सर्लाहीको बबरगंज गढा टोलस्थित मुसहर बस्तीका बाललिकाको अध्ययनका लागि एक मनकारीले आर्थिक सहयोग गरेकी छन्। सर्लाहीको बरहथवा नगरपालिका–११, हिरापुर घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी शशि अधिकारीले मसुहर बालबालिकाको अध्ययनका लागि २५ हजार रुपैंया नगद सहयोग गरेकी हुन्।

नागरिक दैनिक र रिपब्लिका डेलीमा समचार प्रकाशित भएपछि शशिका छोरा अभिषेकले बुधबार बिहान मुसहर बालबालिको अध्ययनका लागि सहयोग गरेका हुन्। मधेशमा अत्यन्त पिछडिएको जाती मुसहर माझी समुदायका बालबालिकालाई अध्ययनका लागि सहयोग पुगोस् भन्ने अभिप्रायले सानो सहयोग गरेको अभिषेकले बताए ।  

‘नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिकामा समाचार पढेपछि मामु (शशि)ले यथार्थ बुभ्mन पठाउनु भएको थियो’, अभिषेकले भने, ‘बिहान मुसहर बस्तीमा पुगेर हेरे र उहाँहरुको अगुवाईमा भएको कार्यलाई सहयोग मिलोस् भनेर तत्काल नगद सहयोग प्रदान गरेको छु ।’

हाल पूर्ण रुपले काठमाडौंमै बसोबास भए पनि जन्मथलो भएकाले सर्लाहीप्रति अपनत्व बोध भएको उल्लेख गर्दै अभिषेकले मुसहर बालबालिकाका लागि आर्थिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

प्रथम श्रेणीको सरकारी सेवाबाट अवकाश प्राप्त शशिका छोरा अभिषेक हाल चीनमा अध्ययनरत छन्।

प्रकाशित: ५ माघ २०७३ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App