६ वैशाख २०८१ बिहीबार
समाज

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

धनकुटा– महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।

स्थानीय ३९ वर्षीया माईतीश्वरी राईको कोठामा पसेर जर्बजस्ती गर्न खोजेपछि उनको हत्या भएको स्थानीयले प्रहरीलाई बयान दिएका छन्। राईको झोलाको जुईनाले घाँटी बाँधेर माईतीश्वरीले हत्या गरेको प्रहरी बताएको छ।  

श्रीमान बैदेशिक रोजगारीमा गएको र घरमा एक्लै भएको मौका पारी कोठामा पसेका तिलकको हत्यापछि माईतीश्वरी फरार छिन्। उनको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए।  

प्रकाशित: ५ माघ २०७३ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App