८ वैशाख २०८१ शनिबार
समाज

त्रिशूलीमा खसेको ट्याङ्करभित्र सिटमै चालक मृत भेटिए

चितवन—नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्याङ्कर बुधबार फेला परेको छ। ट्याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन्। 

काठमाडौं बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नं को ट्याङ्कर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षीय उमेश तामाङ भएको थाहा भएको छ। घटनास्थलबाट करिब एक किलोमिटर पश्चिमतर्फ नदीको बीच भागमा ट्याङ्कर फेला परेको हो। 

ट्याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन्

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन्। पानीले ट्याङ्करको पछाडिको भागमाथि उठाएकाले फेला पार्न सहज भएको र ट्याङ्करलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उनले बताए।

ट्याङ्करका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन्। दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बसलाई उछिन्ने क्रममा ट्याङ्कर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्याङ्कर र चालकको खोजीकार्य जारी राखेका थिए । रासस

प्रकाशित: ५ माघ २०७३ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App