६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपाल इन्स्योरेन्सका सिइओ हटाइए

काठमाडौं—कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ।

सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए।

सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो। कम्पनीमा नियुक्त हुँदा करारबमोजिम जिम्मेवारी पूरा गर्न नसकेको भन्दै कम्पनीका कर्मचारीले उनलाई हटाउन विगत चार महिनादेखि माग गर्दै आएको थिए।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई दुव्र्यवार गर्नुका साथै आर्थिक अनियमितता गरेको आरोप समेत लगाएको थिए। उता प्रमुख कार्यकारी अधिकृत साउदले भने आफूसँगको करार भङ्ग गरेको विषयमा आधिकारिक जानकारी नआएको बताए। रासस

प्रकाशित: २१ असार २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App