coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परिवार दलको महाधिवेशन सुरु

परिवार दलकाे महाधिवेशनमा सहभागी प्रधानमन्त्रीसहितका नेताहरू। तस्बिर: विजय गजमेर

काठमाडौं–नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ। महाविधेशन उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी ओली, पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न १५ मुलुकबाट आएका विभिन्न राजनीतिक दलका नेताले शुभकामना दिएका छन्।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै नयाँ राजनीतिक प्रतिवेदन पारित गर्ने सो पार्टीले जनाएको छ।  महाधिवेशनलाई भव्य र सभ्य बनाउन १७ वटा विभिन्न समिति गठन गरिएको परिवार दलले जनाएको छ।

महाधिवेशनका लागि ‘असल परिवारःसमृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्र हाम्रो मुलमन्त्र’ भन्ने नारा तय गरिएको छ। अग्रगामी लोकतन्त्रलाई आफ्नो आदर्श मान्ने परिवार दलले मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्ति स्थापित भएको दाबीसमेत गरेको छ। महाधिवेशनमा जिल्ला, क्षेत्र र प्रादेशिक अधिवेशनबाट चयन भएर आएका १ हजार २ सय प्रतिनिधिले भाग लिएका छन्।

 

प्रकाशित: २१ असार २०७३ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App