८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

महिललाई ठक्कर दिएर सडक भन्दा तल खाल्डोमा अडेको स्कूले बस । तस्विरःमिथिलेश यादव/नागरिक

लहान–पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

साईकलमा तरकारी राखेर हटिया गईरहेही लहान ३ कि रामपरीदेवी महतो(३८)को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका ईन्सपेक्टर युगेश्वर राउतले बताए ।

पूर्वबाट पश्चिमतर्फ सडकको पेटीबाट साईकलमा गईरहेकी महतोलाई सोही दिशाबाट आएको स १ क १११ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो । ठक्कर पछि बस पेटिभन्दा तल झरेर अनियन्त्रीत भई ठक्कर दिएर रोकिएको प्रत्यक्षदर्शी मनोज महतोले बताए ।

प्रत्यक्षदर्शीका अनुसार एपोलो माविको उक्त बसका चालकले बसको गतीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताए ।

पेटीबाट हिडिरहेकी महिलालाई चालकको लापरवाहीले ज्यान गएको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको अस्पताल चोकमा सवारी अवरुद्ध पारेका हुन् ।

प्रकाशित: ६ माघ २०७३ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App