७ वैशाख २०८१ शुक्रबार
समाज

ब्राउनसुगरसहित युवा-युवती पक्राउ

सुर्खेत–जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार राति वीरेन्द्रनगर–१३ को सुब्बाकुनाबाट वीरेन्द्रनगर–६ का २९ वर्षीय श्याम गुरुङ र १९ वर्षीय कपिल रानालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक ग्राम आठ सय ४० मिलिग्रामका सातवटा पुरिया ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । एसपी आचार्यका अनुसार प्रारम्भीक बयानकाक्रममा उनीहरुले ब्राउनसुगर भारतको रुपैडिहा हुँदै नेपालगञ्ज भएर सुर्खेत ल्याएको बताएका छन् ।

प्रकाशित: ६ माघ २०७३ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App