coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

वीरगन्ज-आयात निर्यात ब्यपारको हिसाबले देशको प्रमुख भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०७३-०७४ को पहिलो ६ महिनामा निर्धारित लक्ष्यभन्दा ५.८८ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको साउनदेखि पुससम्म ५५ अर्ब १७ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको वीरगन्ज भन्सारको तथ्यांक छ । यस अवधिका लागि ५२ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो ।

यो बर्ष संकलित राजश्व पोहोरको यसै अवधिको तुलनामा ७२.२८ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यस्तै अवधिमा पोहोर वीरगन्ज भन्सारले १४ अर्ब ७४ करोड २५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसबेला वीरगन्जकेन्द्रित मधेश आन्दोलन र नाका अवरोधका कारण आयात लगभग ठप्प जस्तै बनेपछि राजस्व प्रभावित भएको थियो । पोहोर उठेको रकम त्यस अवधिको लक्ष्यको तुलनामा करीव ४४ प्रतिशत मात्रै थियो । सो अवधिका लागि वीरगन्ज भन्सारलाई ३३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँको राजस्व लक्ष्य तोकिएको थियो ।

वीरगन्ज नाका भएर हुने ब्यपार फेरी पनि साबिक जस्तै हुन थालेपछि राजश्व संकलनको आँकडाले पनि लक्ष्य नाघेको हो । पुसमा मात्रै यस भन्सार कार्यालयले ८ अर्ब ८९ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले बताए । पुस महिनाका लागि ८ अर्ब ६६ करोड ८२ लाख रुपैयाँको लक्ष्य थियो । पोखरेलका अनुसार वीरगन्ज भन्सारको राजस्वमा सवारी साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयातको मुख्य योगदान छ ।

प्रकाशित: ६ माघ २०७३ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App