७ वैशाख २०८१ शुक्रबार
प्रवास

प्रधानमन्त्री दाहालको चरित्र हत्या गर्नेलाई कारवाही चेतावनी

कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डन। तस्विरः नारायण

युएई—प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा फोटो फैलाउनेलाई कारवाही गरिने युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले बताएका छन्।

वर्ल्ड फ्युचर इनर्जी समिटमा युएई आएका बेला प्रधानमन्त्री दाहालको रक्सी पिएर हल्लिरहे जस्तो फोटो सामाजिक सञ्जालमा भारइल भएको थियो।

वर्ल्ड फ्युचर इनर्जी समिटमा युएई आएका बेला प्रधानमन्त्री दाहालको रक्सी पिएर हल्लिरहे जस्तो फोटो सामाजिक सञ्जालमा भारइल भएको थियो। समिटमा विशेष वक्ताको रुपमा आएका प्रधानमन्त्री दाहालले आफ्नो मन्तव्य दिइसकेपछि फोटो तथा भिडियो खिच्ने कार्यक्रम थियो।

सो क्रममा उनी केही पर सरेका थिए। त्यहीबेला खिचेको भिडियोको चल दृश्यबाट अप्रशासङ्गिक रुपमा तस्विरमा उतारेर प्रधानमन्त्री रक्सीले मातेको भन्दै फेसबुकबाट चरित्रहत्या प्रयास गरिएपछि कार्यवाहक राजदूतले कारवाही चेतावनी दिएका हुन्।

नेपाली दुताबास युएईले आयोजना गरेको रेमिटेन्स उत्पादन तथा हुण्डी न्युनिकरणसम्बन्धी अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले प्रधानमन्त्रीको चरित्र हत्या गर्ने खोज्ने नेपालीमाथि कारबाही हुने बताएका हुन्।

'मलाई प्रमाण दिनुहोस्', कार्यक्रममा बोल्दै उनले भने, 'प्रधानमन्त्रीको मात्र नभई यसले सिंगो देशको चरित्र हत्या गर्ने प्रयास भएको छ। त्यसैले दोषीलाई जसरी पनि कारबाही हुन्छ।'

प्रकाशित: ७ माघ २०७३ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App