८ वैशाख २०८१ शनिबार
राजनीति

'देश बिभाजन हुनबाट रोक्न सबै दलहरु मिल्नुपर्छ'

कपिलवस्तु– नयाँ शक्ति नेपाल पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदमा पेश गरिएको संविधान संशोधनको प्रस्ताव पारित गर्नुपर्ने बताएका छन्। उनले मधेसी, जनजाती, आदिबासी र थारुका माग सम्बोधनका लागि संविधान संशोधनको आवश्यकता रहेको दाबी गरे।

कपिलवस्तुको तौलिहवामा रेडियो हुदाको उद्घाटनका लागि आएका नेता भट्टराईले मधेसी, थारु, आदीबादी र जनजातीको संबिधानमा अधिकार पूरा नभएको भन्ने गुनासो सम्बोधनका लागि संविधान संसोधनको आवश्यकता रहेको बताए । सत्ताधारी पार्टी आन्दोलरत दलहरु छलफल गरी केही परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्नु पर्नमा जोड दिए। देश अहिले धु्रवीकरणमा गईरकोले त्यसलाई बेलैमा संबोधन नगरिए देश गम्भीर जटिलता पैदा हुने भन्दै उनले भने भने, ‘देशलाई बिभाजन हुनबाट रोक्न सबै दलहरु मिल्नुको बिकल्प छैन।’

बिगतमा मुलुक बिकासका लागी सबैदलको महत्वपुर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले अब बिकास र सम्बृद्धिका लागी सबैको एकता आवश्यक रहेको उनले बताए । हिमाल, पहाड र तराईलाई एकाकार गरि सबैको सहभागीतामा मुलुक रुपमा मुलुकको बिकासको लागी आफनो पार्टीले भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। उनले कपिलवस्तुका जनताले पछिल्लो समय यस क्षेत्रमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याई बिकास तर्फ अगाडी बढने सोच बनाएको बताउदै त्यसका लागि आफूले हरेक तवरबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा पार्टी नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरी, रामलौटन तिवारीलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ७ माघ २०७३ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App